उदयपुरमा दुई बस दुर्घटना हुदा २६ जना घाइते

उदयपुर । उदयपुरमा विहिबार करिव १२ः१० बजे सगरमाथा राजमार्ग स्थित त्रियुगा नगरपालिका १४ जितपुरमा दुई बस एक आपसमा ठक्कर खाँदा २६ जना घाइते मध्ये दुई जना गम्भिर रहेका छन् ।

गाईघाटबाट साउने तर्फ जाँदै गरेको मे १ ख १७४० नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको बा.२ ख ५४१८ नम्बरको बस एक आपसमा ठक्कर खाँदा २६ जना घाइते भएका छन् ।बसमा खोटाङको दिप्रुङ गाउँपालिका बढी घाइते भएका छन् ।

गम्भिर घाइतेमा खोटाङ दिप्रुङ गाउँपालिका ४ बस्ने अन्दाजी ५५ वर्षिय डम्बर कुमारी खत्रीको छाती, टाउको र चिउडोमा चोट लागेको छ । अर्का रौतामाई गाउँपालिका ६ वस्ने २९ वर्षिय सविन राईको कुम्भ भाचिएको छ । घाइतेहरुको जिल्ला अस्पतला बोक्सेमा उपचार भईरहेको छ भने मे.१ ख १७४० नम्बरको बस चालक फरार भएका छन् ।