प्रदिप र रियशाको तुहि हो तुहि बोलको थारु भाषाको गीतको भिडियो सार्वजनिक (भिडियो सहित)

0
318

उदयपुर । थारु भाषाको तुहि हो तुहि बोलको गीतको भिडियो सार्वजनिक भएको छ । रंगकर्मी,निर्देशक तथा अभिनेता प्रदिप चौधरी र नेपाली सिने जगतकी चर्चित मोडल तथा कलाकार रियशा दाहालद्धरा अभिनित गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोमा प्रदिप र रियशाको प्रेम जोडिलको रुपमा देख्न सकिन्छ ।

नयाँ वर्षको अवसर पारेर बिहीबार सार्वजनिक गरेको उक्त गीतमा नरेश जोगी तथा अन्नु चौधरीको स्वर छ भने नरेश जोगी कै संगीत र गणेश चौधरीको एरेन्ज रहेको छ । जे एन्ड एल फुड ल्यान्डको प्रस्तुती रहेको म्युजिक भिडियोको निर्देशन बिक्रम चौहानले गरेका छन् भने छायाँकन उत्सव दाहाल र मिलन विश्वकर्माले सम्पादन गरेका छन् ।

देवदत्त क्रियशनको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरेका उक्त गितको भिडियो सर्लाही जिल्लाको हरिपुर, सिसवा क्षेत्रको विभिन्न थारु बस्तीमा छाँयाकन गरिएको छ ।