विद्यालयमा खानेपानीको समस्या

0
317

डिएन चौधरी,बागचौरी, उदयपुर । विद्यालयमा खानेपानीको समस्याले गर्दा विद्यार्थीहरु मारमा परेका छन् । विद्यालय जस्तो संवेदनशिल क्षेत्रमा पानी नहुदा विद्यार्थीलाई पिउन मात्रै हैन शौचालय जान समेत समस्या परेको छ ।

यो समस्या हो उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर ८ बागचौरीमा रहेको श्री खाट मन्दिर आधारभुत विद्यालय बागचौरीको । हामी त्यहाँ स्थलगत रुपमा रिर्पोटिङमा पुग्दा पानीको अभावले विद्यालय त सुख्खा खडेरी जस्तो त देखिन्थीयो नै विद्यार्थीहरुको अनुहारमा पनि कुनै चमकता थिएन । घरबाट एक,एक वोतल पानी वोकेका विद्यार्थीहरु गर्मी मौसम सुरु भए संगै २ घन्टी वाहेक वोतल सवैको खाली भइजान्छ ।

विद्यालयमा टयांकीहरु राखी धारा जडान गरिएको भएपनि पानी नआएको शिक्षकहरुको गुनासो छ । जसले गर्दा विदलयमा शौच आए के गर्ने भन्ने पिर विद्यार्थी र शिक्षक दुबैलाइ परि रहन्छ ।

विद्यालयमा खानेपानीको समस्या पहिला देखीनै रहेको र यो वर्ष विद्यालयमा झनै समस्या परेको विद्यालयका प्रधानध्यापक र्अजुन प्रसाद ढुंगनाले बताउनुभयो । सम्बन्धीत निकाय सवैलाई विद्यालयमा खानेपानीको समस्या वारे जानकारी भए पनी कसैले कुनै चासो नदेखाएको समस्या बढदै गएको उहाँले गुनासो राख्नभुयो । खानेपानीको समस्या हुदा विद्यार्थीको पठन पाठन देखी लिएर कोभिड १९ को यो महामारीमा सावुन पानीले हात धुनलाई समते पानीको अभाव भएको बताउनुभयो ।

खानेपानीको लागी निरन्तर पहल गरिरहे पनी सफल हुन नसकेको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष उद्धव काफले वताउनुभयो । गएको वर्ष नगरपालिका वाट खानेपानीको लागी ५ लाख रकम विन्योजन भए पनी कोरोना महामारीको समय नगरपालिकाले राहत कोषमा र्फिता गरेपछी बैकल्पीक खानेपानीको योजना पनी प्रभावित भएको उहाँले बताउनुभयो ।

यस्तै शहिखोला खानेपानी उपभोक्ता समितीका अध्यक्ष मदन कटुवालले विद्यालयमा खानेपानीको समस्या छ भन्ने गुनासो आए पछी प्राविधिक लिएर आफ् स्वय विद्यालयमा गई निरिक्षण समेत गरेको बताउनुभयो । उहाँले विद्यालयमा पानीको ट्यांकी एक तला माथि राखिएकोले पानीको फोर्सले तान्न नसकेको वताउनुभयो । विद्यालयमा प्रयाप्त मात्रामा पानी आवश्यक भएकोले दिगो रुपमा खानेपानीको व्यवस्थापनको लागी छलफल गरी स्थानिय सरकार संग पहल भइरहेको बताउनुभयो ।

यता त्रियुगा नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष कमल कुमार राउतले खानेपानी समस्याको समाधान गर्न प्रयासरत रहेको वताउनुभयो । उहाँले विद्यालय नजिकै वाट डिप र्बोरिङ कुवा खानेर टुवयलद्धरा मोटर जडान गरी विद्यालयमा पानी पुगाउने तयारी रहेको बताउनुभयो ।