२६ औँ साधारण सभाको अवसरमा सरस्वती सामुदायिक वनद्धरा जेष्ठ नागरिकलाई सिरक वितरण

0
338

निरुता दनुवार, उदयपुर । २६ औँ साधारण सभाको अवसरमा सरस्वती सामुदायिक वन उपभोक्ता समितीद्धरा ७० जना जेष्ठ नागरिकलाई सिरक वितरण तथा जाडोको नयो समाग्री वितरण गरेको छ ।

त्रियुगा नगरपालिका वडा नम्वर ५,देउरीमा रहेको सरस्वती सामुदायिक वन उपभोक्ता समितीले मंगलवार “जहाँ हरियाली,त्यहाँ खुसीयाली रुख रोपौ वन जोगाऔ” नारा संगै २६ औँ सधारण सभाको अवसर पारेर आफना जेष्ठ नागरिक उपभोक्तहरुलाई जाडोको न्यानो समाग्री संगै सिरक वितरण गरिएको छ । तराई क्षेत्र संगै उदयपुरमा पनी शितलहरले प्रभावित वनिरहेको वेला जाडोको न्यानो समाग्री पाउदा स्थानिय बृद्धबृद्धा खुसी भएका छन् ।

गरिव,अशत्त र छोराछोरीले नहेरेको बुवाआमालाई जाडोको समयमा चिसोले समस्या पर्ने गरेको हुनाले सिरक वितरण गरिएको उपभोक्ता समितीका अध्यक्ष दिपक कुमार बान्तवाले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथी त्रियुगा नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष उद्धव कुमार थापाले सामुदायिक वनले गरेको काम प्रति खुसी हुदै प्रसंसा गर्नुभयो । उहाँले कोभिड १९ को माहामारीको वेला समितीले वडालाई गरेको योगदान र राहत वितरणको सहजताई स्मरण गर्दै समतीका सम्पुर्ण सदस्यहरुलाई धन्यवाद दिनुभएको थियो ।

कार्यक्रममा जनप्रतिनीधी सव डिभिजन  वन कार्यलय जलजलेका रमेश राई,छिमेकी वनउपभोक्ता समितीका अध्यक्ष वा प्रतिनिधी,वन उपभोक्ताहरु,स्थानिय राजनितिक्रमी,बुद्धिजिवि,समाजसेवी,प्रहरी लगाएत संचारकर्मी समेतको उपस्थिीती रहेको थियो । दिपक वान्तवाको अध्यक्षतामा सम्पन्न कार्यक्रम समितीको प्रगिती प्रतिवेदन तथा भावी योजना प्रस्तुत गरेको थिए भने खड्ग बहादुर थापा (सचिव) ले कार्यक्रम संचालन गरेका थिए ।