लैगिक हिंसा विरुद्धको १६दिवसिय अभियानको अवसरमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न

0
309

उदयपुर, मंसिर २१ । अन्तराष्ट्रिय लैगिक हिंसा विरुद्धको १६दिवसिय अभियानको अवसरमा उदयपुरको त्रियुगा नगरपालीका वडानम्बर ६ को पञ्चकन्या माध्यमिक विद्यालय पात्लेबासमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

“लैगिक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति, समाज र सवैको ऐक्यबद्धता” भन्ने मुल नाराका लैगिक हिंसा न्युनिकरणको लागि युवा र विध्यार्थीको भुमिका विषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

युवा र विद्यार्थीले आफुमाथी भएको हिंसा पहिचान गर्ने, यसको विरुद्धमा आवाज उठाउने र भविष्यमा हुन सक्ने संभावीत हिंसा, दुब्र्यबहारलाई प्रतिकार गरि आफु पनि सुरक्षित हुने र अरुलाई पनि सचेत गराउन सक्नेछन् भन्ने उदेश्यले आयोजना गएिको बक्तृत्वकला प्रतियोगितामा पञ्चकन्या माध्यमिक विद्यालयका कक्षा ८ देखि कक्षा १० सम्मका ७ जना विध्यार्थीले सहभागि जनाएका थिए ।

सहभागि विध्यार्थी मध्ये कक्षा १० का सागर बस्नेत प्रथम, कक्षा १० कै डोलेन्द्र राउत द्धितिय, कक्षा ९ का शान्ता कार्की तृतिय र कक्षा ८ का आशिका बस्नेत तृतिय भएका छन् । पुरस्कृत विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समितीका उप–प्रमुख गंगा राई, विशेष अतिथी सृजना दनुवार, विद्यालयका प्रधानाध्यापक गेसराज कार्की र बतृत्वकला प्रतियोगिताका निर्णायक मण्डलका संयोजक शिक्षक चन्द्रदेव चौधरीले पुरस्कार वितरण गर्नु भएको थियो ।

बतृत्वकला प्रतियोगितामा बोल्नु हुदै कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समितीका उप–प्रमुख गंगा राईले हरेक अभियान र कार्यक्रम जिल्ला स्तरमा मात्र हुने भन्ने जनगुनासोलाई चिर्न नगरपालीकाको कर्णाली भनेर चिनिने उदयपुरको त्रियुगा नगरपालीका ६ पात्लेबासको विद्यालयमा आएर कार्यक्रम गरेको प्रति खुसि व्यक्त गर्नु भएको छ । वहाले त्यति धेरै कार्यक्रम र सेवाहरु नपुगिरहेको अवस्थामा यो कार्यक्रम आयोजना गरि विद्यार्थीहरुलाई सचेतना फैलाईरहेकोमा आयोजक संस्थालाई धन्यबाद व्यक्त गर्नु भएको छ ।

त्यस्तै कार्यक्रमका विशेष अतिथी, गैरसरकारी संस्थाका केन्द्रिय सल्लाहाकार सृजना दनुवारले लैगिक हिंसा हिजो भन्दा आज बढेर गईरहेको बताउनु भयो । वहाले कार्यक्रममा बोल्नु हुदै अझै पनि महिला तथा बालबालीका माथी भएको हिंसा, बलात्कार जस्ता जघन्य अपराधका घट्नाहरु गाउ गाउमा मिलाउने गरेको बताउनु भएको छ । वहाले धेरै हिंसाका घट्नाहरु न्यायलयसम्म आईपुग्ने गरेको तर जति आउनु पर्ने हो त्यति आईनसकेको कारण हामी सवैले पिडतलाई न्याय दिलाउनु पर्छ, अपराधिलाई सजाय दिन कानुनको कटघरामा ल्याउनु पर्छ र भोलीको दिनमा यस्ता घट्नाहरु नदोहोरिउन भनेर हामी सबैले लाग्ने हो भने यस्ता प्रकारका घट्नाहरु न्युनिकरण संगसंगै अन्त्य हुन सक्ने बताउनु भएको छ ।

महिला सशक्तिकरण श्रोतकेन्द्र र ऐरावत सञ्चार समुहको आयोजना, पञ्चकन्या माध्यमिक विद्यालय पात्लेबासको समन्वय र मेरिस्टोप सेनटर, यु.एन.एफ.पिए र अस्ट्रिलियन एड साथै सुनौलो परिवार नेपालको सहयोगमा आयोजना गरिएको बतृत्वकला प्रतियोगिता पञ्चकन्या माध्यमिक विद्यालयका प्रधानाध्यापक गेसराज कार्कीको अध्यक्षता, जिल्ला समन्वयसमितीका उप–प्रमुख गंगा राईको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा गैरसरकारी संस्थाका केन्द्रिय सल्लाहाकार सृजना दनुवार, विद्यालय व्यवस्थापन समितीका सदस्य कमला खड्का, विद्यायलका प्र.अ. गेसराज कार्की लगाएतले मन्तव्य राख्नु भएको थियो ।
यो दिवस अग्रेजी महिना नोभेम्बर २५ देखि डिसेम्बर १०सम्म र नेपाली महिना २०७७ मंसिर १० देखि मंसिर २५सम्म जम्मा १६ दिनसम्म मनाईन्छ ।