उदयपुरको बेलकामा फुड बैंक संचालन

0
312

बेलका,उदयपुर । उदयपुरको बेलकामा फुड बैंक संचालन भएको छ । नव सार्वजनिक युवा क्लबको व्यवस्थापन र स्थानिय युवाहरुको पहलमा फुड बैंक संचालनमा आएको हो ।

“हुनेले दिएर जाऔ,नहुनेले लिएर जाऔ“ भन्ने नारा संगै फुड बैंक स्थापना गरिएको छ । यो विषम परिस्थीतीमा भोकमरीले गर्दा कसैले ज्यान गुमाउन नपरोस,हुनेले दान गर्ने र नहुनेले राहत स्वरुप लिएर जाने उद्देश्यले बेलकामा पहिलो पटक फुड बैंक कार्यक्रम संचालन गरेको कार्यक्रमका संयोजक मेघनाथ चौधरीले बताए ।

कार्यक्रमको उद्धघाटन बेलका नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष मिश्रिलाल चौधरीले गरेका थिए । उनले,युवाहरुको यो कार्यक्रम स्वागतयोग्य रहेको बताए । यस्तो माहामरीको समयमा युवाहरुको सकृय सहयोग तथा प्रसंनसिय काम गरेकामा धन्यवाद दिएका छन्। आफु सक्दो सहयोग गर्न जतिखेर पनी तत्पर त्यार रहेको बताए ।

फुड वैंकमा  अहिले सम्म २३ जना सहयोगि मनहरुद्धरा ४३ हजार ३ सय ७० रकम सहयोग प्राप्त भएको र फुड बैंकको सुभारम्भमा पहिले दिन ११ जना अति विपन्न घर परिवार लाभान्बित भएको छ । जसमा प्रति परिवारले चामल(सोना मन्सुलि)२५ केजि , दाल ५ के.जि ,खाने तेल २ लिटर,नुन २ पोका,भुजा ३ केजिका दरले खाध्य समाग्री उपल्वध गराएको क्लबका सह सचिव कृष्णमान चौधरीले जानकारी दिए ।