उदयपुरको तिन पालिकामा जारी निषेधाज्ञा शनिवारदेखि हटाउने निर्णय

उदयपुर । उदयपुरको तीन नगरपालिकामा १५ दिनदेखि जारी निषेधाज्ञा हटाउने निर्णय भएको छ । जिल्लाको त्रियुगा,बेलका र चौदण्डिगढी नगरपालिमा जारी निषेधाज्ञा आउँदो शनिवार पश्चात हटाउने निर्णय भएको छ ।

प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेको अध्यक्षतामा बिहीबार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र र सुरक्षा समितिको संयुक्त बैठकले सिमामा कडाई गर्दै आउँदो शनिबार देखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।

बैठकले सुनसरी, सिरहा, सप्तरी जिल्लासँग जोडिएका नाकामा वाह्यि आगमनलाई ठप्प पार्ने र सरकारले रोक लगाएका वाहेका व्यापार, व्यवसायलाई सुचारु गर्ने निर्णय गरेको प्रजिअ पाण्डेले बताउनुभयो । उहाका अनुसार ‘बेलकाको कोठु र आम्बासी, चौदण्डिगढीको सिवाई, त्रियुगाको लालपत्ता र कटारी नगरपालिकाको बेलसोत क्षेत्र प्रत्यक्षरुपमा तराईका जिल्लासँग जोडिएकाले यी क्षेत्रबाट आउने सवारी तथा सर्वसाधरणको आवागमनलाई ठप्प पार्ने र अन्य मापदण्डअनुसार खोल्ने निर्णय भएको हो ।’

बैठकले कोरोना भाईरसको सुरुदेखिको अवश्थालाई समिक्षा गर्दै जोखिम रहेपनि परिस्थिति केहि सहज बन्दै गएकाले सर्वसाधरणको दैनिकीलाई सहज बनाउन सुचारु गर्ने निर्णय गरेको उहाले बताउनुभयो ।

निषेधाज्ञा हटेपनि सरकारले प्रतिवन्ध गरेको होटल, रेष्टँुरा, सैलुन, व्युटीपार्लर, जिमहाउस, पार्टीप्यालेस, मठमन्दिर र अन्य भेला हुने कार्यक्रम भने पुर्ववत अवश्थामै रोक लगाउने निर्णय भएको जनाएको छ ।