उदयपुरमा भौँसी चोर्ने पक्राउ

0
299

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–६ जलजलेबाट भैँसी चोरी गर्ने तीन जना भैसी पक्राउ परेका छन् । त्रिनपा–६ जलजले निबासी प्रेमप्रसाद भट्टराई र उमेश भट्टराईको दुई वटा भैसी चोरी गर्ने तीन जना पक्राउ परेका हुन् ।

गत साउन २७ गते राती गोठबाटै करिब दुई लाख बराबरको भैँसी हराएपछि प्रहरीलाई जनाकारी गराएको थियो । गोठबाटै भैँसी हराएको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट विशेष अनुसन्धान टोली खटेको थियो ।

टोलीले सिराहा र सप्तरी जिल्लामासमेत अनुसन्धान तथा खोजतलास गरी सप्तरी खड्ग नगरपालिका–२ स्थायी घर भई हाल त्रिनपा–६ जलजलेमा बसी भैँसी व्यापार गर्ने २८ वर्षीय तफेजुल अन्सारी र सिहारा महेशपुरपतार नगरपालिका–२ निबासी ३० वर्षीय ईनुस भन्ने कुदुस मियाले र सिराहाको गोलबजारका ३४ वर्षीय चन्द्रेश्वर साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

अन्सारी र मियाले स १० प ७१८१ नम्बरको मोटरसाईकलमा भैँसी चोरी गरी साहलाई गाडी लिएर आउन लागई ना १ ज २३४० नम्बरको पिकअपमा भैँसी चोरेर लगेको प्रहरीले जनाएको छ ।

भौँसी चोरी गर्ने तीन जनासहित चोरीमा प्रयोग भएका मोटरसाईकल र किपअप नियन्त्रणमा लिई चोरी मुद्दामा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।