सहारा नेपालको अनुगमन कार्यलय गाईघाट तेश्रो बर्षमा प्रवेश

उदयपुर । सहारा नेपालको अनुगमन कार्यलय गाईघाट विहिवारदेखि तेश्रो बर्षमा प्रवेश गरेको छ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमीटेड बिर्तामोड झापाले मिति २०७५ साउन १५ गतेका दिन पहिलो अनुगमन कार्यालयको रुपमा उदयपुरको गाइघाटमा कार्यलय खोलेको थियो ।

यस अन्तर्गत उदयपुरको गाईघाट,नेपालटार,कटारी,रामपुर र धरान र तरहरामा सेवा केन्द्र रहेको छ । अहिले संस्थामा ३७ करोड ५३ लाख ९४ हजार १ सय ३३ रुपैया ऋण लगानी रहेको छ भने २६ करोड ४४ लाख ४८ हजार ३ सय ४५ रुपैया बचत र ५३ लाख ०६ हजार ८ सय ७७ संचालन मुनाफा हरहेको अनुगमन अधिकृत महेश तामाङले बताए ।