त्रियुगा ८ नम्वर वडाद्धरा बाख्रा तथा बंगुरको पाठा वितरण

उदयपुर । त्रियुगा नगरपालिका वडा नम्वर ८ वडाकार्यलय राजावासले महिलालाई लक्षित गरी बाख्रा तथा बंगुरको पाठा वितरण गरेको छ । अति विपन्न महिला,दलित सिमान्तकृत वर्गको लागी आयआर्जनमा बृद्धि कार्यक्रम अन्तर्गत विहिवार वितरण गरिएको हो ।

महिलाहरुको आयआर्जनमा टेवा पुगी अर्थिकस्तरमा सहयोग पुग्ने उधेश्यले बाख्रा तथा बंगुरको पाठा वितरण गरिएको वडा अध्यक्ष कमल कुमार राउतले बताउनुभयो । उहाँले महिला लक्षित कार्यक्रमको तिन लाख रकम वाट वडा भित्र रहेको २४ वटा टोल विकास संस्था मार्फत ७१ जनालाई वितरण गरिएको बताउनुभयो ।

त्यस्तै महिला लक्षित कार्यक्रम अन्तर्गतनै भरखरै १५ दिने गुडिया बुनाई तालिम सम्पन्न भईसकेको महिला वडा सदस्य कमला कटुवालले बताउनुभयो । उहाँले लकडाउनले गर्दा आर्थिक वर्ष २०७६÷७७ मा महिला शिर्षकमा बजेट छुट्टाएपनी धेरै कार्यक्रमहरु संचालन गर्न नसकेको बताउनुभयो । कोरोना महामरी र लामो समय देखिको लकडाउनले गर्दा महिला उद्धघोषण तालिम पनी संचालन गर्न नसकेको बताउनुभयो ।

यता बिउ पुजीको रुपमा अनुदान स्वरुप बाख्रा तथा बंगुरको पाठा पाएपछी महिलाहरु खुसी भएका छन् । उनीहरुले शिप मुलक तालिमहरु आफुहरुलाई आवश्यक रहेको पनी बताएका छन् ।

radioudayapur

ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर