Wednesday, July 22, 2026
Homeकोशी प्रदेशट्रकसँग मोटरसाइकल ठोक्किँदा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते

ट्रकसँग मोटरसाइकल ठोक्किँदा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते

उदयपुर, असार १९ — उदयपुरगढी गाउँपालिका–७ फुस्रेस्थित मदन भण्डारी लोकमार्गमा शुक्रबार दिउँसो ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन्। दिउँसो करिब २ः४५ बजे गाईघाटबाट कटारीतर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ट्रक ठोक्किँदा मोटरसाइकल चालक उदयपुरगढी गाउँपालिका–३ निवासी २८ वर्षीय एम बहादुर विक घाइते भएका हुन्। उनको जिल्ला अस्पताल उदयपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित सुविधा सम्पन्न अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार उनकी श्रीमती २८ वर्षीया एमुना विक गम्भीर घाइते भएकी थिइन्। उपचारका लागि जिल्ला अस्पताल उदयपुर ल्याइए पनि दिउँसो ३ः४० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। दुर्घटनापछि अस्थायी प्रहरी पोस्ट नेपालटार र चुहाडेबाट खटिएको प्रहरी टोलीले ट्रक चालक सप्तरीको सुरुङ्गा नगरपालिका–१ निवासी ४४ वर्षीय एक बहादुर खड्कालाई नियन्त्रणमा लिएर दुर्घटनाको कारणबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

 

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular