Home कोशी प्रदेश बैंकिङ कसूरमा फरार प्रतिवादी उदयपुरबाट पक्राउ

बैंकिङ कसूरमा फरार प्रतिवादी उदयपुरबाट पक्राउ

0
बैंकिङ कसूरमा फरार प्रतिवादी उदयपुरबाट पक्राउ

उदयपुर,२०८३ बैशाख १० गते बिहिबार । बैंकिङ कसूरमा फरार प्रतिवादी उदयपुरबाट पक्राउ परेका छन् । बुधबार जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय झापामा दर्ता भएको बैङ्किङ कसूर (चेक बाउन्स) सम्बन्धी चालु मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार पक्राउ पर्नेमा उदयपुर जिल्ला त्रियुगा नगरपालिका वडा नं. ४ निवासी ६३ वर्षीय ढुण्डिराज घिमिरे रहेका छन्। उनलाई त्रियुगा नगरपालिका वडा नं. ११ गाईघाट बजार क्षेत्रबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका घिमिरेलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा पठाइएको प्रहरीले जनाएको छ ।