रेडियो उदयपुर – उदयपुरमा वन मुद्धाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटारी नगरपालिका–१ खसिबास बस्ने ७० बर्षीय धक्कुसिंह राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले वन मुद्धामा जिल्ला अदालतको फैसलाले १२ दिन कैद र रु.१ लाख ५३ हजार ६ सय ९२ रुपैँया जरिबाना तोकेको राईलाई शनिबार पक्राउ गरेको हो । पक्राउ परेका राईलाई फैसला कार्यावयनको लागी जिल्ला अदालत उदयपुरमा उपस्थित गराईएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।





