सञ्चारिका समूह उदयपुरको अध्यक्षमा गङ्गा राई

0
19

माघ २७, २०८१
उदयपुर । उदयपुरमा सञ्चारिका समुह गठन भएको छ । “समानताका लागि सञ्चार कर्म” भन्ने मुला नारासहित उदयपुरमा सञ्चारिका समूह जिल्ला कमिटी गठन गरिएको छ । शनीबार गाइघाटमा भएको जिल्ला भेलाले गंगा राईको अध्यक्षतामा १३ सदस्य जिल्ला कमिटि चयन गरेको हो । जसको उपाध्यक्षमा उर्मिला दनुवर, सचिवमा जयन्ती तामाङ, सहसचिवमा कविता राई, कोषाध्यक्षमा हिरा राई चयन हुनभएको छ । यस्तै सदस्यहरुमा अन्नता राई, चन्द्रकला ढकाल, करुणा कार्की, पुर्णा राई, आस्था ज्यु ठकुरी, देविका श्रेष्ठ र तारा मगर चयन हुनुभएको छ ।
बांकी एक जना सदस्य भुगोल हेरेर जिल्ला कमिटिले पछी मनोनित गर्ने नवनिर्वाचित अध्यक्ष राईले बताउनुभयो । यस्तै सल्लाहाकारमा बन्दना दनुवार, रेबती पराजुलीे (रेनु) र सुमित्रा कोइराला चुनिनुभएको छ ।
शनिबार त्रियुगा नगरपालिकाको सभाहलमा सामुदायिक रेडियो प्रसारक संघ केन्द्रीय महासचिव बन्दना दनुवारको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका महासचिव हेमा चेम्जोङ प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रममा बरिष्ठ पत्रकार कौशल चेम्जोङ, पत्रकार महासंघ उदयपुरका अध्यक्ष भक्तिबिलास पोखरेल, पत्रकार महासंघ उदयपुरका पुर्व अध्यक्ष इश्वर तामाङ, पत्रकार महासंघ उदयपुरका सल्लाहाकार भोटराज राई, प्रेस चौतारी नेपाल उदयपुरका अध्यक्ष अन्जनी कुमार अधिकारी, फोनिज उदयपुरका अध्यक्ष रन्जु दनुवार लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।