रौतामाई गाँउपालिकामा एम्बुलेन्स हस्तान्तरण कार्यक्रम सम्पन्न

0
27

२३ माघ २०८१, उदयपुर । रन्जु दनुवार ।
उदयपुरको रौतामाई गाँउपालिकालाई साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड विर्तामोड झापाले एम्बुलेन्स हस्तान्तरण गरेकोे छ । जनप्रतिनिधि ,कर्मचारी सहित ३६ जनाको सहभागीतामा कार्यक्रम सम्पन्न भएको हो ।रौतामाई गाँउपालिकाका उपाध्यक्ष भुपिन्द्र बहादुर थापा ज्यु ले सहारा नेपाल बचत तथा सहकारी संस्था लिमिटेडको आर्थिक सहयोगमा प्राप्त भएको एम्बुलेन्स कार्यपालिका बाट कार्यबिधि बनाई सर्वसाधारण जनताहरुलाई सुलभ रुपमा सेवा दिदै सन्चालन गर्ने बताउनु भयो ।
देशकै सबै भन्दा ठुलो सहकारी सहारा नेपाले सामजिक तथा आर्थिक रुपान्तरणको लागि देश व्यापि रुपमा काम गरेकोमा रौतामाई गाँउपालिका उपाध्यक्ष भुपिन्द्र थापा ज्युले गाँउपालिका र जनप्रतिनिधिको तर्फबाट गर्नुपर्ने सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड सेवाकेन्द्र गाईघाटका प्रमुख बिदुर प्रसाद रेग्मी, रौतामाई गाँउपालिकाका उपाध्यक्ष भुपिन्द्र बहादुर थापा ,वडा नं. २ का वडा अध्यक्ष मनोज कुमार राना मगर ,वडा नं.७ का लिलाराज श्रेष्ठ,सेवा केन्द्र संचालन सहयोग उपसमिति, गाईघाटका संयोजक मदन राज कटुवाल, अनुगमन अधिकृत रतन तिम्सिना, रौतामाई गाँउपालिका कार्यपालिका सदस्य देवि माया दाहाल, लेखा अधिकृत भुपध्वज रायामाझी, जन स्वास्थ्य निरिक्षक राम नारायण चौधरी लगाएतको उपस्थिती रहेको थियो ।