जिल्ला स्तरीय महिला ब्याटमिन्टन प्रतियोगिता सम्पन्न ।नितिशा र शिला राईको जोडि प्रथम

0
14

उदयपुर ।  महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरको १८औं स्थापना दिवसको अबसरमा उदयपुरमा जिल्ला स्तरीय प्रथम महिला (डबल) ब्याडमिन्टन प्रतियोगिता २०८१ सम्पन्न भएको छ ।

सोमबार महिला सशक्तिकरण स्रोत केन्द्रको आयोजना र जिल्ला ब्याडमिन्टन संघ उदयपुरको सहकार्यमा बोक्से स्थित कबड हलमा एक दिने प्रतियोगिता संचालन गरिएको हो । महिला सशत्तिकरण स्रोत केन्द्र उदयपुरका कार्यकारी निर्देशक बन्दना दनुवारले जिल्लामा महिलाहरुलाई खेलकुदद्धारा सशक्तिकरण तथा प्रोत्साहन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको बताउनु भयो ।

उदयपुर जिल्लामा पूरुष ब्याडमिनटनमा धेरै प्रतियोगिताहरु भएतापनि महिला ब्याडमिनटनमा प्रतियोगिताहरु नभएको कारण महिलाहरुलाई प्रोत्साहन गर्न प्रतियोगिता गराईएको महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरका कार्यक्रम संयोजक सुजता सुबेदिले बताउनु भयो ।

प्रतियोगितामा नितिशा रैका मगर र शिला राईको जोडि प्रथम , सुस्मिता खत्रि र समृद्धी राई को जोडि दोस्रो त्यसैगरि नानु राई र पुर्णिमा राईको जोडि र राम कुमारी राई र यसोदा राईको दुई जोडि तेस्रो भएका छन् ।

प्रतियोगितामा प्रथम हुनेले नगद रु.१० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् भने दोस्रोले नगद रु. ८ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र तेस्रो हुने दुई जोडिले नगद रु. ५,५ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन । विजयीहरुलाई सोमबार साँझ रत्ना रिसोर्टमा आयोजित बार्षिक उत्सव तथा पुरस्कार वितरण समारोहमा विजयी युवा महिला खेलाडीलाई कोशी प्रदेश उपसभामुख सृजना दनुवारले नगद, मेडल र शिल्ड तथा प्रमाणपत्र प्रदान गर्नु भएको छ ।

कार्यक्रममा बेलका नगरपालिकाका पूर्व मेयर दुर्गाकुमार थापा, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्का, पत्रकार महासंघ उदयपुरका सचिव तुलसी कोईराला, गैसस महासंघका अध्यक्ष सृजना पौडेल, मानव अधिकार एलाईन्सका अध्यक्ष माधव पराजुली, जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष कालीदाश राई लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा महिला सशक्तिकरण स्रोत केन्द्रका कार्यकारी निर्देशक बन्दना दनुवारले संस्थाको बारेमा संक्षिप्त कुरा राख्नु भएको थियो भने संचालन केन्द्रका कार्यक्रममा संयोजक सुजता सुवेदीले संचालन गर्नु भएको थियो ।

जिल्ला व्याडमिन्टन संघको समन्वय तथा प्राविधिक सहयोगमा संचालित प्रतियोगितामा १६ टिमका ३२ खेलाडीहरुको सहभागिता रहेको थियो ।