महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरको १६ औँ बार्षिक साधारण सभा सम्पन्न

0
22

उर्मिला दनुवार,उदयपुर । महिला सशक्तीकरण स्रोत केन्द्र को १६ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार त्रियुगा नगरपालिका वडा न ९ को डल्ले चौरीमा सभा सम्पन्न भएको हो ।

सस्थाको १६ औँ वार्षिक साधारण सभा कोशी प्रदेशका उपसभामुख माननिय श्रृजना दनुवारको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्धघाटन भएको थियो । सस्थाको सांगठनिक प्रगति प्रतिवेदन महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरका उपाअध्यक्ष सुस्मा सार्कीले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिबेदन संस्थाका लेखा प्रमुख सुनिता दनुवारले प्रस्तुत गर्नु भएको थियो ।


संस्थाका उपाअध्यक्ष शार्कीले प्रतिवेदन प्रस्तुत गर्दै सस्थाले समाज रुपान्तरणका लागि थुप्रै सामाजिक क्रियाकलाप तथा कार्यक्रमहरु गर्दै आएको बताउनु भयो ।

बिशेषगरी महिलाहरुको क्षेत्रमा काम गर्दै आएको यस संस्थाले महिला बिभेदको अन्त्य, लैँङगीक बिभेद, यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्वन्धि तालिम, किशोरीहरुका लागि सीप विकास, बालबिबाहको अन्त्य जस्ता सचेतनाका कार्यक्रमहरु गर्दै आएको बताउनु भयो । उहाले यस संस्थाले सामुदायिक रेडियो उदयपुर संचालन समेत गरिरहेको पनि बताउनु भयो । साथै लैंगिक उत्तरदायि रेडियो सामाग्रि उत्पादन तथा प्रशाराण सम्बन्धि प्रदेश स्तरीय कार्यशाला ८ मार्च नारी दिवसको अबसरमा सामुदायिक सचेतना कार्यक्रम सन्चालन साथै खुल्ला कबिता प्रतियोगिता , १६ दिने लैंगिक हिंसा बिरुद्धको अभियान अन्र्तगत सामुदायिक छलफल जस्ता कार्यक्रमहरु २०८०/०८१ मा सम्पन्न गरेको बताउनु भयो ।

महिला सशक्तिकरण स्रोत केन्द्रका कार्यकारी निर्देशक बन्दना दनुवारले सस्थाको २०८१⁄०८२ को कार्ययोजना प्रस्तुत गर्दै रेडियो उदयपुरको रणनैतिक योजना निर्माण गर्ने,स्थानिय तथा राष्ट्रिय, अन्तराष्ट्रिय स्तरमा प्रस्तावना पेस गर्ने ,युवा महिलाहरुको लागि सिप मुलक तालिमहरु सन्चालन गर्ने ,थारु र दनुवार जातिको सास्कृतिक कला प्रर्दशन तथा खाना मेलाको आयोजना गर्ने,रेडियो कार्यक्रमहरुबाट समुदायको महिलाहरुको भोगाई दस्ताबेजिकरण गर्ने लगायतका योजनाहरु रहेको बताउनु भयो ।

कोशी प्रदेशका उपसभामुख माननिय श्रृजना दनुवारले यस सस्था लोकतान्त्रिक रहेको र यो नेतृत्व हस्तान्तरण गर्ने प्रकृया निरन्तर रहिरहन जरुरी रहेको जसले गर्दा यो सस्थाम सवैको पहुच पुग्ने बताउनु भयो । उहाले यस सस्थाले सन्चालन गरेको रेडियो महिला ,बालबालिका, किशान,किशोरीहरुसग काम गर्दै सामाजिक,आर्थिक,राजनितिक शैक्षिक सबैखाले क्षेत्रले पछाडि पारेको समुदायको बिचमा रेडियो भएकोले यसले राज्यलाई नै सहयोग पुर्याएको बताउनु भयो ।

 

त्रियुगा नगरपालिकाका उपमेयर महेश्वरी राईले यो संस्था हामि सबैको साझ सस्था रहेकोले समानता र शसक्तिकरणको लागि हामि सबै जोडिन आवश्यक रहेको बताउनु भयो । उहाले यस सस्थाले आफनो रणनितिअनुसार बिभिन्न साझेदारी सस्था,सहयोगि निकायहरुसग काम गर्दै आफनो कामलाई उत्कृष्ट गर्दै गएको र त्रियुगा नगरपालिकाले पनि सक्दो समन्वय,सहकार्य गर्दै जाने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

त्यसैगरि ओरेक नेपालका अध्यक्ष तथा महिला मानव अधिकार रकक्षहरुको राष्ट्रिय संजालका महासचिव साथै यस सस्थाका कानुनी सल्लाहाकार सविता पोखरेलले अझै ग्रामिण भेगको युवा महिलाको सशक्तिकरणको लागी काम गर्नु पर्ने भन्दै शुभकामना राख्नुभएको थियो ।
यस्तै
कार्यक्रममा पत्रकार माहासंघ उदयपुरका नबनिर्बाचित पदाधिकारीहरुलाई बधाइ तथा सम्मन गरिएको थियो ।

कार्यक्रममा कोशी प्रदेशका उपसभामुख श्रजना दनुवार, त्रियुगा नगरपालिकाका उपमेयर महेश्वरी राइ , ओरेक नेपालका अध्यक्ष तथा महिला मानव अधिकार रकक्षहरुको राष्ट्रिय संजालका महासचिव साथै यस सस्थाका कानुनी सल्लाहाकार सविता पोखरेल , महिला सशक्तिकरण स्रोत केन्द्रका पुर्व अध्यक्ष मन्दिरा दनुवार,ओरेक महिला मानव अधिकार रकक्षहरुको राष्ट्रिय संजालका महासचिव तथा सस्थाका कानुनी सल्लाहाकार सविता पोखरेल,त्रियुगा नगरपालिका न्यायिक समिती सदस्य एवम् वडा ९ का वडा सदस्य मिरा विश्वकर्मा,महिला मानव अधिकार रंक्षक संजालका अध्यक्ष तथा सस्थाका पुर्व उपाअध्यक्ष माया भण्डारी,गैसस महासंघ उदयपुरका अध्यक्ष सृजना पौडेल लगाएतको उपस्थिीती रहेको थियो ।

सस्थाको कार्यसमितीका अध्यक्ष ज्योति दनुवारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।