तिज नृत्य प्रतियोगितामा बैरेनी टोल विकास प्रथम

0
42

उदयपुर । टोल बिकास संस्था स्तरिय नृत्य प्रतियोगितामा बैरेनी टोल बिकास संस्था प्रथम भएको छ । नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा मंगलवार आयोजित नृत्य प्रतियोगितामा बैरेनी टोल विकास प्रथम भएका हुन् ।

वडा स्तरीय टोल विकास समन्वय समिती त्रि.न.पा ८ को आयोजना र त्रियुगा नगरपालिका वडा नम्वर ८ को सहयोगमा नृत्य प्रतियोगिताको आयोजना गरिएको थियो । यस्तै दोस्रो स्थान सिर्जनशिल टोल विकास संस्था, तेस्रो कोलबोटे टोल बिकास संस्था र सान्तवना रातमाटे टोल विकास संस्था हुन सफल भएका हुन् । बिजेताहरुले क्रमशः प्रथम १५ हजार,दोस्रो १२ हजार,तेस्रो ९ हजार र सान्तवनाले ६ हजार प्राप्त गरेका छन् । प्रतियोगितामा जम्मा १५ वटा टोल विकास सस्थाहरुको सहभागिता रहेको थियो ।

त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा शुभकामना मन्त्वय राख्दै मेयर बस्नेतले सवै जातजातीको कला,संस्कृति संरक्षणमा नगरपालिकाले योजना बनाएर काम र सहयोग दुवै गरिरहेको बताउनुभयो ।

कार्यक्रममा त्रियुगा नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष राजकुमार राउत,वडा सदस्य रिता खड्का,वडा सदस्य इन्द्रराज कार्की लगाएतले तिजको अवसरमा शुभकामना व्यक्त गरेका थिए । बिष्णु प्रसाद धमलाको सभाअध्यक्षतामा त्रियुगा नगरपालिका नगरपालिका वडा नम्वर ८ दनुवारी भवनमा कार्यक्रम सम्पन्न भएको थियो ।