त्रियुगा नगरपालिका वडा नं ९ को नयाँ भवन उद्घाटन

0
184

उदयपुर । त्रियुगा नगरपालिका वडा नम्बर ९ को वडा कार्यालय नव निर्मित भवनको उद्घाटन गरिएको छ ।बुधवार त्रियुगा नगरपालिकाका प्रमुख बसन्त कुमार बस्नेतले भवनको उद्घाटन गर्नु भएको हो ।

नगर प्रमुख बस्नेतले नगरपालिकाले पुर्वधार निमार्ण संगै,शिक्षा स्वास्थ्य क्षेत्रलाई प्राथमितामा राखेर काम गरिरहेको बताउनुभयो । उहाँले१६ वटा वडा कार्यालयहरु मध्य अधिकांस वडाको भवन निर्माण सम्पन्न भइसकेको बताउनु भयो ।

आधारभुत विधालय गैरुन नजिकै वडा कार्यलयको भवन उद्धघाटन भए संगै नयाँ भवनवाट सेवा प्रवाह गर्न सुरु गरिएकोे वडा अध्यक्ष राज कुमार दनुवारले जानकारी दिनु भयो।

नेवार समुदायको झाकी सहित भवनको उद्धघाटन गरिएको थियो । कार्यक्रममा लाखे नाचको समेत प्रर्दनी गरिएको थियो ।