उदयपुर । २५ औं अन्तर्राष्ट्रिय युवा दिवस उदयपुरमा रुपान्तरणको लागि उत्सवको रुपमा मनाएका छन्। आइतवार अन्तर्राष्ट्रिय युवा दिवसको पुर्व सन्ध्यामा युवाहरुले आफनो भावना,अनुभव साटासाट गरेर मनाएका हुन्।
अगस्ट १२ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा कविता र कथाको माध्यमवाट युवाहरुले आफना भावहरु प्रस्तुत गरेका थिए ।
महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरको आयोजनामा यस वर्षको दिवसलाई कविता बाचन गरि मनाएका हन् । कार्यक्रममा सहभागीहरुले युवाको महत्व,महिला सशक्तिकरण,लैंगिक सामानता लगाएतका शिर्षकहरुमा कविता प्रस्तुत गरेका थिए ।
कार्यक्रममा कवि जिवन आरोही,कवि सुमित्रा पोखरेलले समेत आफना कविताहरु प्रस्तुत गरेका थिए । यस्तै सविता पोखरेल,बन्दना दनुवार,बाला कार्की,रन्जु चौधरी,बिना विश्वकर्मा,तिजा मगर,रुपेश कार्की र रन्जना कार्कीले कविता प्रस्तुत गरेका थिए ।
यस्तै कार्यक्रममा सहभागिहरुलाई मनोपरामर्शकर्ता कमला खड्काले मनोपरामर्शको विषयमा सहजिकरण समेत गर्नुभएको थियो । रत्ना रिर्सोट गाईघाटमा सम्पन्न कार्यक्रममा त्रियुगा नगरपालिकाका उप प्रमुख महेश्वरी राईको प्रमुख आतिथ्यता रहेको थियो ।
‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ भन्ने नारासहित २५ औं अन्तर्राष्ट्रिय युवा दिवस यस बर्ष मनाएको छ ।
सन् १९९८ अगस्ट ८ देखि १२ तारिखसम्म संयुक्त राष्ट्रसङ्घको समन्वयमा पोर्चुगलको राजधानी लिस्बनमा विश्वका एक सय ४० देशका युवा मामिला हेर्ने मन्त्रीहरूको सहभागितामा विश्व युवा सम्मेलन भएको थियो । त्यस सम्मेलनले आ–आफ्ना देशमा राष्ट्रिय युवा नीति तर्जुमा गर्ने साझा प्रतिबद्धता जनाउनाका साथै युवा सशक्तीकरणका पक्षमा ८८ बुँदा लिस्बन घोषणापत्र समेत जारी गरेको थियो ।
त्यसपछि सन् २००० देखि ऐतिहासिक घोषणा भएको अगष्ट १२ लाई आधार मान्दै हरेक वर्ष विश्वव्यापी रुपमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउन थालियो । नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि यो दिवस मनाउन थालिएको हो ।