गाईघाटमा सहकारी संस्थाका प्रतिनिधीहरुलाई वित्तीय व्यवस्थापन र प्रविधि अभिमुखीकरण

0
131

उदयपुर ।उदयपुरको त्रियुगा नगरपालिका भित्र रहेको सहकारी संस्थाका प्रतिनिधीहरुलाई वित्तीय व्यवस्थापन र प्रविधि सम्वन्धी अभिमुखीकरण गरिएको छ ।

त्रियुगा नगरपालिकाको आयोजना,प्रथम आइटी सिस्टम प्रालीको प्राविधिक सहयोग लजिष्टि कम्पुटर ऐजुकेशन इन्ष्टिच्युटको समन्वयमा सदस्यहरु र प्रविधिसंगै सहकारी संस्था भन्दै प्रशिक्षण गरिएको छ ।

कार्यक्रममा त्रियुगा नगरपालिका सहकारी शाखा प्रमुख बिश्वजित राई,क्यान महासंघका केन्द्रिय सचिव भुपेन्द्र मैनाली र लेखा परिक्षक मनिराज थापाले अव सहकारी संस्थाहरुले समुदायको विश्वासलाई मुर्त रुप दिन प्रविधि संगै सफटवेयरको प्रयोग गर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा संस्थाको वित्तीय व्यवस्थापन,प्रविधिमैत्रि संस्था निमार्णको विषयमा छलफल गरिएको छ । सोमवार गाईघाटको होटल टाउन हलमा कार्यक्रम सम्पन भएको थियो ।

जयदेव चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन लजिष्टि कम्पुटर ऐजुकेशन इन्ष्टिच्युटका राजन आचार्यले गर्नुभएको थियो । कार्यक्रममा त्रियुगा नगरपालिका भित्रका सहकारी संस्थाका संचालक प्रतिनिधी तथा कर्मचारीहरुले उपस्थिती रहेको थियो ।