राष्ट्रिय बाल दिवसको अवसरमा मुसहर समुदायमा सरसफाई तथा स्टेश्नरी समाग्री वितरण 

0
264

उदयपुर । ५९ औँ राष्ट्रिय बाल दिवसको अवसरमा मुसहर समुदायमा सरसफाई तथा बालवालिकालाई स्टेश्नरी समाग्री वितरण गरिएको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर ९ मुसहरी उत्तराईटोल गाउँ सरसफाई र त्यहाँका वाल संजाल र किशोरी संजालका बालवालिकालाई अध्यन निरन्तरताको लागी कपी,डटपेन लगाएत स्टेश्नरी समाग्री वितरण गरेको हो ।

“बालवालिकामा लगानी,शुनिश्चित भविष्यको थालनी” नारा संगै जिल्ला प्रहरी कार्यलय उदयपुर ,ओरेक नेपाल र गैसस महासंघ उदयपुरको संयुक्त आयोजनामा शुक्रवार उक्त कार्यक्रम संचालन गरेको हो ।
यस्तै “हेरचार र मायालु व्यवहार सभ्य र सुस्ंकृत वालवालिका नै सुरक्षित भविष्यको आधार” अल्पसंख्यक संग प्रहरी कार्यक्रम अन्र्तगत जिल्ला प्रहरी कार्यलय उदयपुरको मुसहर समुदाय संग छलफल समेत गरेको थियो ।

कार्यक्रममा सहभागीहरुको तर्फवाट बद्री सदाले दलित समुदायका नागरिकहरु नागरिताको समस्याका कारण विभिन्न सेवा सुविधाहरु वाट बन्चित हुनु परेको बताएका थिए । उनले,समुदायमा चेतनाको कमी रहेको भन्दै सचेतनामुलक कार्यक्रमहरु संचालन गरिदिन आग्रह गरेका थिए ।

यस्तै कार्यक्रममा जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रमुख प्रहरी उपरिक्षक एसपी रमेश थापाले समुदायको समस्या पहिचान गरी समाधानको लागी पहल गर्ने बताउनुभयो । यस्तै उहाँले अभिभावहरुले वालवालिकालाई एकदमै हेरचार ध्यान पुयाउनु पर्ने बताउनुभयो । वालवालिकाहरु लागुपदार्थ दुव्र्यसनीमा धेरैनै फसिरहेको अवस्था हुदा वालवालिका प्रति अभिभावहरु सचेत हुन जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा गैसस महांसघ उदयपुरका अध्यक्ष पौडेलले अभिभावक तथा स्थानियलाई सरसफाई ध्यान दिन आग्रह गर्नुभयो । उहाँले समुदायमा नेतृत्व विकास, शिपमुलक कार्यक्रम संचालन गर्न आवश्यक रहेकोले आफु समन्वय गर्न तयार रहेको बताउनु भयो ।


ओरेक नेपालका निवर्तमान अध्यक्ष रामवती चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन ओरेक उदयपुरका संयोजक बाला कार्कीले गर्नुभएको थियो । कार्यक्रममा वालवालिका,स्थानिय अभिभावक,विद्यार्थी समाजिक संघ सस्थाका प्रतिनिधी,प्रहरी तथा संचारकर्मी लगाएतको उपस्थीती रहेको थियो ।