उदयपुर । सार्वजनिक स्थलमा महिला तथा किशोरीमाथी हुने हिंसा सम्वन्धी सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । “सुरक्षित सार्वजनिक स्थल” मेरो मानव अधिकार नारा सहित सार्वजनिक स्थलमा महिला तथा किशोरीमाथी हुने हिंसा सम्वोधन कार्यक्रम अन्तरर्गत सार्वजनिक सुनुवाई कार्यक्रम उदयपुरमा सम्पन्न भएको हो ।
विहिवार जिल्ला समन्वय समितीको सभाहलमा ओरेक उदयपुर,नव ज्योती सशक्त महिला सामुदायिक संस्था र रौता सामुदायिक हित केन्द्रको अयोजनामा कार्यक्रम संचालन भएको थियो ।
सार्वजनिक स्थलमा महिला तथा बालिका माथी हुने हिंसाको सम्बोधन कार्यक्रम अन्तर्गत संचालन गरिएका कार्यक्रम, गतिविधिहरु सार्वजनिक गरि कार्यक्रम संचालनका क्रममा आएमा सुरक्षित सार्वजनिक स्थलका सवालहरु, नतिजा, चुनौती तथा सुरक्षित सार्वजनिक स्थल निर्माण गर्नको लागि अवको बाटो के हुनुपर्छ ?भन्ने बारेमा छलफल गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको ओरेक नेपालका कार्यक्रम संयोजक सुनिता मैनालीले बताउनुभयो । उहाँले सहभागी व्यक्तिहरुले उठान गरेका प्रश्न तथा जिज्ञासाहरुमा स्पष्टता ल्याउने र सहभागीबाट प्राप्त रचनात्मक सुझावलाई आत्मसात गरी आगामी दिनमा योजना सहित कार्यान्वयनमा ल्याउने मुख्य उद्धेश्य रहेको बताउनुभयो ।
यस्तै आरेक उदयपुरका संयोजक पम्फा पुरीले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा २०७८÷०७९ मा संकलन सार्वजनिक स्थलमा भएको हिसांको घटना ३२१ वटा घटनाहरु रहेको तथ्यांक प्रस्तुत गरेको छ ।यस्तै उदयपुर जिल्लामा १७१ वटा घटना भएको जनाएको छ ।
महिला तथा किशोरीहरुको विचमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा बक्ताको रुपमा त्रियुगा नगरपालिका उपप्रमुख महेश्वरी राई,रौतामाई गाउँपालिकाका उपाअध्यक्ष भुपेन्द्र थापा, जिल्ला प्रहरी कार्यलय उदयपुरका महिला तथा वालवालिका जेस्ठ नागरिक शाखा प्रमुख उमा गुरुङ्ग हिमाली यातायात व्यवसायी संघ उदयपुरका प्रतिनिधी मेम विक रहनुभएको थियो ।
सहभागी किशोरीहरुले सार्वजनिक स्थलमा हुने हिंसा न्युनिकिरण गर्न स्थानिय पालिकाको भुमिका,सार्वजनिक यातयातमा हुने हिसां न्युनिकरण, बढ्दो साइवर क्राइमको न्यनिकरण,लैगिक मैत्रि सवारी साधनको व्यवस्थपन,विद्यालयमा हुने हिसां तथा स्नेटरी प्याडको उचित व्यवस्थापन, गुनासो पेटिकाको सदुपयोग,सार्वजनिक स्थल वनजंगलमा हुने हिसां ,मानसिक सन्तुलन गुमेको नागरिकहरुको व्यवस्थापन लगाएतका विषयमा प्रश्नहरु उठान गरेका थिए ? खुल्ला सत्रमा उठेका प्रशनहरुलाई बक्ताहरुले समम्स्याको समाधान र न्युनिकरण गर्ने प्रतिवद्धता गरेका थिए ।
यस्तै कार्यक्रमलाई जिल्ला समन्वय समितीका उपप्रमुख तेज प्रसाद गिरी, चौदन्डिगढी नगरपालिकाका मेयर कालमान लामा ,गैससका सल्हाकार सृजना दनुवार,गैसस प्रदेश उपसचिव सुमन परियार,आभाशा अभियान्ता नजवुल खान,नेपाल पत्रकार महासंघ उदयपुरका उपाअध्यक्ष गंगा राई लगाएतले सम्वोधन गरेका थिए । सार्वजनिक सुनुवाई कार्यक्रमको सहजिकरण महिला सशक्ति स्रोत केन्द्रका कार्यकारी निर्देशक बन्दना दनुवारले गर्नुभएको थियो भने कार्यक्रम संचालन ओरेक उदयपुरका कार्यक्रम अधिकृत हरिसरण धितालले गर्नुभएको थियो ।
नव ज्योति सशक्त महिला सामुदायिक सस्थाका अध्यक्ष रत्ना थापाको अध्यक्ष्तामा सम्पन्न कार्यक्रममा महिला,किशोरी, जनप्रतिनिधी समाजिक संघ सस्थाको पदाअधिकारी,पत्रकार लगाएतको उपस्थीती रहेको थियो । सार्वजनिक सुनुवाई कार्यक्रमको समन्वय चौदण्डीगढी नगरपालिका र रौतामाई गाउँपालिकाको रहेको थियो ।