प्रदेश १ का नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले लिए सपथ

0
346

विराटनगर । प्रदेश नम्बर १ सरकारका नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन् ।

प्रदेश १ प्रमुख सोमनाथ अधिकारी प्यासीले मन्त्री तथा मुख्यमन्त्री शेरधन राईले राज्यमन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।

आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबोहाङ, सामाजिक विकासमन्त्री उषाकला राई, भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री राम राना, भौतिक पूर्वाधारमन्त्री अम्बिरबाबु गुरुङले सपथ लिएका हुन् । यस्तै, कृषि राज्यमन्त्री कला घले र वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझाले पनि आजै सपथ लिएका छन् ।

मन्त्री आङबोहाङ माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका हुन् भने उषकला राई एमालेको माधव नेपाल समूह छाडेर केपी ओली समूहमा लागेकी सांसद हुन् ।

सहकारीमन्त्री राना र भौतिक पूर्वाधारमन्त्री गुरुङलाई मुख्यमन्त्री राईले मन्त्रीमा बढुवा गरेका हुन् । थपिएकी राज्यमन्त्री घले मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावबाट हस्ताक्षर फिर्ता लिएकी थिइन् भने ओझा नेपाल समूह त्यागेर ओली समूहमा लागेकी सांसद हुन् ।