असारको मुखमा चट्याङ लागेर गोरु मर्यो

0
420

राजावास । पानी संगै परेको चट्याङ लागेर गोरु मर्यो । हलो जोतेर आउदै गर्दा बुधवार विहान ८ वजे पानी संगै परेको चट्याङ लागेर गोरु मर्यो ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर ९ उत्तराइटोलका घुरन सदाको गोरु मरेको हो । धानको विउँ राख्नको लागी खेतमा हलो जोत्न गएका थिए ।

एक हल गोरु संगै वाटोमा आउदै गर्दा चट्याङ लागेर एउट गोरु मर्यो भने घुरन पनी समान्य घाइते भएको अस्थायी प्रहरी चौकी चुहाडेका प्रहरी साहयक निरिक्षक बिजय परियारले बताए । उनले ४० हजार मुल्य वरावरको गोरु मर्दा परिवारमा क्षती पुगेको बताए ।

असारको मुखमा गोरु मर्दा घुरन सदालाई खेती गर्न समस्या भएको छ । ज्याला मजदुर गर्दै अरुको खेत बटिया गरेर जिविको पार्जन गर्ने घुरनको परिवारमा तत्काल गोरु किन्ने क्षमता छैन ।

यता घटना भएकै स्थानमा पुगेका वडा अध्यक्ष धन बहादुर दनुवारले निवेदन लिएर वडा आए कार्यलय खुले पछी पिडितलाई सहयोगको लागी छलफल गर्ने बताए ।