प्रदीप जस्मैत चौधरी ,कालाबन्जर , १५ भाद्र २०७७
सुनसरीको वराहक्षेत्र ५ का निरोज अधिकारी बचाउ अभियानमा विभिन्न देशमा बस्दै आएका नेपालीहरुले संकलन गरेको रकम आज १५ गते सोमवारको दिन ३ लाख ६० हजार ६ सय रकम हस्तान्तरण भएको छ ।
कोरियामा जीवन निरौला को नेतृत्वमा संकलन भएको १ लाख २४ हजार ७ सय त्यस्तै बराहक्षेत्र ५ का जापानमा कार्यरत सरस्वती बस्नेत र मनोज कटुवाल को नेतृत्वमा संकलन भएको १ लाख १७ हजार ८० रुपैया पनि आजै हस्तान्तरण भएको छ । बराहक्षेत्र ४ का भुपाल थापाको नेतृत्वमा कोरियामै संकलन भएको ५८ हजार ५ सय ५० रुपैया पनी सहयोग भएको छ ।
त्यसैगरि वराहक्षेत्र ५ का युवराज बिष्ट कतारबाट २१ हजार २ सय ७० , हरि कटुवाल बहराइन बाट २० हजार । बराहक्षेत्र ५ का कमल रेग्मीको नेतृत्वमा दुबइ बाट १४ हजार ,स्थानीय बराहक्षेत्र ५ का दुर्गा देवि खड्काबाट ५ हजार पनि आजै हस्तान्तरण भएको अभियानमा सहयोग पुर्याइरहेका कृष्ण ढकालले बताए ।
गत साउन १ गतेबाट बिरामी परेका अधिकारीको दुईवटै मृगौला फेल भएका कारण सहयोगी मन तथा युवाहरुको निरोजको उपचारका लागि देश बिदेश बाट सहयोग जुटाउने काम भैरहेको छ ।
हाम्रो ३ वटा साना (साना नानी रहेका छन् । जेठो छोरा ९ वर्ष, छोरी ४ वर्ष र कान्छा छोरा १० महिनाको छ । अभिभावक,मुख्य व्यक्तीनै थला परेको अवस्था छ । यदी समयमा उपचार र किड्नी फेर्न सकिएन भने निकै हाम्रो सर्व सो लुटिने श्रीमती रंजिता लम्साल अधिकारीले दुःख सुनाउदै मिडियालाई भनिन्। म मेरो श्रीमानलाई उपचारको लागि मेरो एउटा किड्नी दिन तयारीमा छु । म आफ्नो श्रीमानको लागि जुनै सुकै कदम पनि उपाचारको गर्न तयारी रहेको रुदै मिडियालाई बताइन् ।
। अहिले विभिन्न देश विदेश बाट चिर परिचित आफन्तहरु मेरो श्रीमानको उपचारको लागि जुन आर्थिक भौतिक सहयोग गर्नु भएको छ त्यस्को लागि सवै धन्यवाद यो मिडिया मार्फत गर्न चाहन्छु ।
तपाईंहरुले यदि सहयोग गर्न चाहन्छु हुन्छ भने सहयोगका लागि बैक खाता न .श्रीमति रन्जिता लम्साल र अभियान कर्ता सृजना लामिछानेको नाम मा रहेको प्रभु बैंकको खाता न .1870152290600016 बुवा केशब अधिकारी र अभियान कर्ता लक्ष्मी रेग्मीको नाममा रहेको प्रभु बैकको खाता न 19870138260300016 र सम्पर्क नम्बर केशब अधिकारी बुवा 9810444834 मेरो रन्जिता लम्साल 9813037723 मा सम्पर्क गरेर बुझन्न सक्नु हुनेछ ।