आदिमको सम्झनामा सैनध्वजद्धरा अभिभावकत्व ग्रहण

0
328

डिएन चौधरी उदयपुर । तिम्रो हरेक जन्मदिनमा दिन दुखीको घरमा गएर दुख बाड्ने प्रयास गरेको छु बाबु…..
यो शव्द एक पिताको हो । जुन पिताले २ वर्ष पनी नपुगदै कलिलै उमेरको छोरो गुमाएका थिए । पाँच बर्ष अगाडी ब्लड क्यान्सर बाट आदिमले संसार छाडेका थिए ।

उनकै सम्झनामा उनको प्रतेक जन्म उत्सवमा बावु सैन्ध्वज दनुवारले दिन दुखी,असाहय असक्त वालवालिका र त्यस्ता परिवारमा दुख बाड्दै सहयोग गर्दै आएका छन् । यो वर्ष स्व.छोरा आदिमको सम्झनामा त्रियुगा नगरपालिका वडा नम्वर ९ डिपुटोलका ४ वर्षे टुहुरो वालक एलिस दनुवारलाई केहि आर्थिक सहयोग संगै उनको कक्षा १२ सम्मको अध्ययनका लागी शैक्षिक खर्चको अभिभावकत्व ग्रहण गरेका छन् ।

एलिस जन्मेकै १० दिनमै आफना अभिभाव गुमाएर टहुरो बनाएका थिए । प्रतेक आसर १३ मा सैन्ध्वजले छोरा आदिमको सम्झनामा दिन दुखीलाई सहयोग गर्दै आएका छन् । अगाडीको वर्ष पनी एक एचआई भी पिडितलाई रेडियो उदयपुर मार्फत केहि आर्थिक सहयोग गरेका थिए ।

अहिले आदिम तारा बाल प्रतिष्ठान स्थापना गरेर समाजिक कार्यहरु समेत गरिरहेको छ । संस्था दर्ताको प्रक्रिया रहेको संस्थाको संस्थापक अध्यक्ष सैन्ध्वज दनुवारले बताए । दर्ता भए पश्चात स्थानियलाई एम्वुलेन्स सेवा दिने तयारी भइरहको उनले बताए ।

यस्तो छ सैन्ध्वजको परिवारमा आदिमको कथा

वि.स. २०६४ शाल फागुन ३ गते त्रियुगा नगरपालिका १३ असारीका अमृता कुमारी दनुवार संग बैवाहिक बन्धनमा बाधिएका सैन्ध्वजको वि.स२०६९ सालमा पहिलो सन्तानको रुपमा छोरी सिम्रनको जन्म भयो ।

त्यस पश्चात वि.स २०७२ शाल असार १३ गते दोश्रो सन्तानको रुपमा उनीहरुले छोरा आदिम लाई पायो । उनिहरु छोराको आगमन संगै निकै खुसी थिए । तर छोरा जन्मिए संगै  शरिर भने कहिले स्वस्थ्य रहेन, अस्पातल र धामी,झाक्रि दिनदिनै जसो जानु पर्ने अवस्था आयो ।तर छोरो कहिले सन्चो भने भएन ।

विभिन्न ठुल ठुला शहरको अस्पतालहरुमा चेकजाच गराउने क्रममा १० महिना पछि बल्ल थाहा भयो की छोरालाई त जन्मसंगै अतिलोपन्न रोग थालासामिया –(बल्ड क्यान्सर ) जन्मजातनै रहेको पत्ता लाग्यो । चिकित्सकहरुको सर सल्लाहा अनुसार उक्त्त रोग निर्मुल हुनको लागी धेरै पैसा लाग्ने बताए ।

आफनो घरको आयआर्जनले सक्के सम्म लाखौ रकम छोराको लागी खर्च गरे । छोरोमा केहि सुधार आएको महसुस भए पछी उनीहरु घर सम्पत्तिको प्रवाहा नगरी छोराका उपचारमा लागीनै रहे तर घरको आर्थिक स्थतीले कतीनै समय सम्म धान्थियो र ? सवै घर जग्गा त्रिmणमा परिसकेको थियो । त्यस पछि उनीहरुले आदिम बचाउका लागी विभिन्न व्यक्ति संघ संस्था संग हार गुहार माग्न थाले ।

यता आदीमको उपचारमा १७ लाख भन्दा माथि खर्च भइसकेको थियो । तर र्दुभाग्य वि.स.२०७४ कात्तिक २८ गते त्यो परिवारमा कालो दिन भएर आयो । परिवार माथि बर्जपात आइपर्यो । आदीमलाई बचाउन सकेन ।

चिकित्सको अनुसार यस्तो रोग लाखौमा एकदमै कम १ प्रतिशत मात्र भेटिन्छ । यस्तो रोग बंशानुगत पनी हुन्न सक्छ चिकित्सकहरु बताउछन् । त्यसैले आफुमा पनी यस्तै पिडा भोगेकोले आफु संग प्रसस्त धन सम्पत्ति नभए पनी मानविय नाताले सके सम्म सहयोग गर्ने र गर्दै आएको दनुवारले बताए ।

आफनो छोरा विमारी हुदा सहयोगी मनहरुले आदीम दनुवार प्रतिस्ठान मार्फत सहयोग गरेको रकम मध्ये वाट केहि सहयोग गरेको उनले बताए । उनका अनुसार कोष मार्फत आएको २ लाख ६७ हजार वाट २ लाख छोराको उपचारमानै खर्च भएको र बाकी ६७ हजार वाट उदयपुरका विभिन्न पिडित तथा समस्यामा परेकाहरुलाई ३७ हजार ३ सय पचास सहयोग गरि सकेको उनले बताए ।

उनी विगत ११ बर्ष सम्म शिक्षण पेशामा आबद्ध पछी हाल उनी नेपाल दनुवार समाज उदयपुरको सचिव र राष्ट्रिय दनुवार एकता समाज युवा अभियान संयोजक र उदयशिल बचत तथा श्रmण सहकारी संस्थाको प्रमुख व्यवस्थापक हुन्।