गरिबका घरमा टिनका छाना लगाईदिने रैनादेवी छहरा गाउँपालिका

0
369

भुवन रायमाझी

बोली । ४ चैत्र – बर्षेनी छानो छाउने झन्झट हट्ने र गरिव परिवारको जोखिम तथा पानी चुहिने समस्यावाट मुक्त गराउने लक्ष्य सहित रैनादेवी छहरा गाउँपालिकाले खरको छाना भएका परिवारलाई जस्ता पाता वितरण गरेको छ ।

रैनादेवी गाउँपालिकाले चालु आर्थिक बर्षको बजेटबाट बल्डेगढीका १२ घरपरिवारलाई टिन बितरण गरेको हो । “जिवनभर दुख गर्दा पनी आफ्नै व्यवहारले घरमा टिन लगाउन सकिएको थिएन ।” रैनादेवी छहरा वडा नं. ७ बल्डेङगढी सुकदमारका ७१ बर्षिय मेघनाथ पोखरेल भन्नुभयो । :–“ गाउँपालिकाले टिन सहयोग गरेपछी स्थानिय सरकार घरनजिकै आएको महसुस भएको छ ।”

पोखरेल जस्तै सिमसिमे पानी परिरहेको मौसममा रुझ्दै वडा कार्यालयमा टिन बुझ्न आएका सबै गरिब परिवारहरुको मुहारमा खुसी छाएको देखिन्थ्यो । रैनादेवी छहरा गाउँपालिकाको खरको छाना भएका परिवारलाई टिन वितरण गर्ने कार्यक्रमले ग्रामिण भेगका गरिब परिवारहरुलाई ठुलै राहत मिलेको छ ।

टिन पाउने खबर पाएपछी वडा कार्यालय आएका बल्ढेङगढीकै चन्द्र बहादुर रायमाझीले विगत सम्झँदै भन्नुभयो :–“पानी पर्दा चुहिएर सयौं रात जागै बस्नुप¥थ्यो । हावाहुरी आँउदा त कतिपटक छाना उडाएर खुला आकाश मुनी सुतियो ।” मुहारमा खुसी ल्याउँदै रायमाझीले भन्नुभयो । :–“ अब टिनको छाना लाए पछी त आनन्द हुने भयो ।”

गाउँपालिका भित्रका नौ सय घरका खरको छाना हटाएर टिन लगाउने काम आगामी असार सम्म सबै सम्पन्न गर्ने गाउँपालिका अध्यक्ष राम बहादुर कार्कीले बताउनुभयो । गाउँपालिका भित्रका सिद्धेश्वर, जुठापौवा, सत्यवती र बल्डेङगढी लगाएतका वडामा खरका छाना भएका घरहरुको संख्या बढी छ ।
वडाध्यक्ष देवेन्द्र पुनको अध्यक्षतामा बिभिन्न टोल बाट आएका स्थानीयहरुलाई टिन बितरण गरिएको हो ।