कटारी, १२ कात्तिक २०८३ । उदयपुरको बेलका नगरपालिका ९ झण्डाचोकस्थित मदन भण्डारी राजमार्गमा बोलेरोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा रामपुर बजार निवासी ५६ वर्षीया लक्ष्मीमाया राई रहेकी छन्।
जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार बुधबार बिहान करिब ५ः३५ बजे मर्निङवाकमा रहेकी राईलाई प्रदेश १–०५–००१ ज ००२२ नम्बरको बोलेरो गाडीले ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएकी राईलाई तत्काल रामपुर नगर अस्पताल लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल पु¥याइएकोमा बिहान ८ः०९ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
ठक्कर दिएर फरार भएको बोलेरो र त्यसका चालक भोजपुरको आमचोक गाउँपालिका–१ निवासी ३७ वर्षीय प्रेम विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालकलाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाको हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






