उदयपुर, २०८३ भदौ १७ गते।  त्रियुगा माध्यमिक विद्यालय गाईघाटमा Habitat for Humanity Nepal र सहारा नेपाल को सहकार्यमा सञ्चालित Homes Nepal परियोजना अन्तर्गत एकदिने वित्तीय साक्षरता तथा सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा वित्तीय साक्षरता, डिजिटल वित्तीय सेवा प्रयोग गर्दा अपनाउनुपर्ने सुरक्षा सावधानी, सुरक्षित आवास तथा जोखिम व्यवस्थापन लगायतका विषयमा अन्तरक्रिया तथा छलफल गरिएको थियो। कार्यक्रममा विद्यालयका ८५ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रमका क्रममा युवाहरूमा सामाजिक उत्तरदायित्व, नेतृत्व क्षमता तथा सकारात्मक सोच विकास गर्ने उद्देश्य 3 Zero club   समेत गठन गरिएको थियो।कार्यक्रमको उद्देश्य तथा Homen Nepal परियोजनाको परिचय, परियोजनाले समुदायमा पु¥याउने योगदान तथा विद्यार्थीहरूको भूमिका सम्बन्धमा सहारा नेपालअन्तर्गत सञ्चालित Homen Nepal परियोजनाका Project Manager किशन गौतमले जानकारी दिनुभएको थियो। उहाँले विद्यार्थीहरूलाई यस्ता कार्यक्रमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्दै समुदायमा समेत सकारात्मक सन्देश प्रवाह गर्न प्रेरित गर्नुभएको थियो।

त्यसैगरी, वित्तीय साक्षरताअन्तर्गत डिजिटल वित्तीय सेवा सञ्चालन गर्दा अपनाउनुपर्ने सुरक्षा उपाय तथा सावधानी, सुरक्षित आवास र जोखिम व्यवस्थापनका विषयमा त्रियुगा नगरपालिकाकी सामुदायिक सहजकर्ता रञ्जु दनुवारले प्रशिक्षण तथा अन्तरक्रिया सञ्चालन गर्नुभएको थियो। उहाँले डिजिटल माध्यमबाट हुने वित्तीय कारोबारमा व्यक्तिगत विवरण,   पासवर्ड,   OTP    लगायतका संवेदनशील जानकारी सुरक्षित राख्नुपर्ने विषयमा विद्यार्थीहरूलाई सचेत गराउनुभएको थियो। विद्यालयका व्यवस्थापक विनोद खतीवडाले कार्यक्रमको समापनका क्रममा मन्तव्य राख्दै विद्यार्थीहरूका लागि वित्तीय साक्षरता, डिजिटल सुरक्षा, सुरक्षित आवास तथा जोखिम व्यवस्थापनसम्बन्धी ज्ञान अत्यन्त उपयोगी रहेकोबताउनुभयो। कार्यक्रमले विद्यार्थीहरूलाई वित्तीय कारोबार तथा डिजिटल वित्तीय सेवाको सुरक्षित प्रयोग, सुरक्षित आवासको महत्व र सम्भावित जोखिम व्यवस्थापनबारे व्यवहारिक ज्ञान प्रदान गर्नुका साथै नेतृत्व र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न महत्वपूर्ण योगदान पु¥याएको आयोजकले जनाएको छ।