Wednesday, July 8, 2026
Google search engine
Homeप्रमुख समाचारकरेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु

करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु

उदयपुर । उदयपुरको बेलका नगरपालिका–९ स्थित रामपुर नगर अस्पताल नजिकै विद्युतको पोलमा चढेर मिटर बक्सको तार जोड्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नेपाल विद्युत प्राधिकरण रामपुरमा कार्यरत करिब ४० वर्षीय मिलन राई रहेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आज (असार २४ गते) बिहान करिब १०ः३० बजे काम गरिरहेका बेला करेन्ट लागेपछि राई करिब ४ मिटर माथिबाट खसेर गम्भीर घाइते भएका थिए। उनलाई तत्काल रामपुर नगर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल रिफर गरिएको थियो। उपचारकै क्रममा आज दिउँसो १२ः०५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। घटनाबारे इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular