Thursday, August 13, 2026
Homeप्रमुख समाचार१० सामुदायिक वन समूहलाई फलफूलका बिरुवा वितरण

१० सामुदायिक वन समूहलाई फलफूलका बिरुवा वितरण

उदयपुर,जेठ २८ गते । उदयपुरगढी गाउँपालिकाका विभिन्न सामुदायिक वन उपभोक्ता समूहलाई फलफूलका बिरुवा वितरण गरिएको छ। गाउँपालिकाका विभिन्न वडामा रहेका १० वटा सामुदायिक वन उपभोक्ता समूहलाई सवडिभिजन वन कार्यालय नेपालटारले ३ हजार ३ सय २२ वटा बिरुवा उपलब्ध गराएको हो। सवडिभिजन वन कार्यालय नेपालटारका वन कर्मचारी महेश रिजालका अनुसार आँप, कटहर, लिचीलगायत विभिन्न प्रजातिका फलफूलका बिरुवा बुधबार नेपालटारमा वितरण गरिएको हो। रिजालका अनुसार उदयपुरगढी गाउँपालिकाभित्र हाल ४८ वटा सामुदायिक वन उपभोक्ता समूह रहेका छन्। सवडिभिजन वन कार्यालयले प्रत्येक वर्ष सामुदायिक वन समूहलाई फलफूल, घाँस तथा जडीबुटीजन्य बिरुवा वितरण गर्दै आएको छ। आवश्यक बिरुवाको माग संकलनका लागि कार्यालयले सम्बन्धित समूहलाई पत्राचार गर्ने र प्राप्त मागका आधारमा बिरुवा उपलब्ध गराउने गरेको छ। यस वर्ष विश्वकञ्चन, चियाबारी, बिजनवारी, सरस्वती, रातमाटे, ध्रुवतारा र सीतालगायत १० वटा सामुदायिक वन उपभोक्ता समूहले बिरुवा प्राप्त गरेका छन्। निर्धारित समयभित्र निवेदन नदिएका समूहलाई भने बिरुवा वितरण नगरिएको रिजालले जानकारी दिनु भयो ।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular