Thursday, August 13, 2026
Homeसमाचारविद्यार्थीलाई सडक सुरक्षा र ट्राफिक नियमबारे सचेतना

विद्यार्थीलाई सडक सुरक्षा र ट्राफिक नियमबारे सचेतना

उदयपुर, जेठ १९ — समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय जलजले, उदयपुरको आयोजनामा त्रियुगा नगरपालिका–६ देउरीस्थित श्री जनता माध्यमिक विद्यालयमा सडक सुरक्षा, ट्राफिक नियम तथा दुर्घटना न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सहभागितामा आयोजित कार्यक्रममा ट्राफिक नियमको पालना, सुरक्षित सडक प्रयोग तथा सवारी दुर्घटना न्यूनीकरणका उपायहरूबारे जानकारी प्रदान गरिएको थियो। साथै सडकमा हिँड्दा तथा सवारी साधन प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीका विषयमा समेत विद्यार्थीहरूलाई सचेत गराइएको थियो। कार्यक्रममा सहभागी विद्यार्थीहरूले सडक सुरक्षासम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए भने प्रहरी अधिकारीहरूले उनीहरूका प्रश्नहरूको जवाफ दिँदै ट्राफिक नियमको महत्वबारे जानकारी गराएका थिए। प्रहरीले यस्ता सचेतनामूलक कार्यक्रमले विद्यार्थीहरूमा सडक सुरक्षा सम्बन्धी ज्ञान अभिवृद्धि हुनुका साथै दुर्घटना न्यूनीकरणमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular