उदयपुर,२०८३ बैशाख १४ गते सोमबार । सुनकोशी नदीमा बेपत्ता भएका एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । उदयपुरको लिम्चुङबुङ गाँउपालिका वडा नं. ४ सानरलुङ स्थित सुनकोशी नदीमा माछा मार्न जाँदा बेपत्ता भएका पूरुष मृत अवस्थामा फेला परेका हुन् । मृत फेला पर्नेमा लिम्चुङबुङ गाँउपालिका वडा नं. ५ चौलाने बस्ने ५१ बर्षीय रामशेर राई रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गत ८ गते शुक्रबार राती ११ बजे राई सहित अन्य ८ जना सुनकोशी नदीमा माछा मार्न जानेक्रममा उनि बेपत्ता भएका थिए । सुनकोशी नदीमा मानिस बेपत्ता भएको भन्ने सुचना प्राप्त हुनसाथ प्रहरी टोली खटिई खोजतलास गर्ने क्रममा १२ गते दिउँसो ३ः४० बजेको समयमा रौतामाई गाउँपालिका–३ भदौरे स्थित सुनकोशी नदीमा उनको लास फेला परेको प्रहरीले जनाएको छ । मृत फेला परेको उनको आवश्यक कानूनी प्रकिया पुरा गरी जिल्ला अस्पताल उदयपुरमा ल्याई पोष्टमार्टम पश्चात आइतबार अपराह्न ३ः५५ बजे मृतकका छोरा जापान राईले शव बुझेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।





