आफैले काम गर्दै आएको ट्याक्टरले किच्दा १६ वर्षीय माझीको मृत्य

0
69

रेडियो उदयपुर – उदयपुरको बेलका नगरपालिका– ३ का बाबुराम माझिका छोरा १६ वर्षिय समिर माझीको आफैले काम गर्दै आएको ट्याक्टरले किचेर मृत्यु भएको छ । उनलाई आईतबार गाउँमै आफै काम गर्ने ट्याक्टरले किचेपछि गम्भिर अवस्थामा धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि लगिए पनि अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनापछि ट्याक्टर चालक २२ वर्षिय बिसाल पाण्डे फरार रहेकोमा प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिइसकेको र ट्याक्टरसमेत प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक केदारमान दोङले जानकारी दिनु भयो । फरार चालक पक्राउ गरी कारवाहीको माग गर्दै पिडित परिवार र गाउँलेले सोमबार दिउसो केहीबेर मदनभण्डारी राजमार्ग अन्तर्गत गाईघाट–धरान सडकखण्डको रामपुरबजारमा यातायात बन्द गराएका थिए । प्रहरीले दोषीलाइ कारवाही हुने स्थानीयसमक्ष प्रतिबद्धता गरेपछि यातायात खुलेको थियो । घटनाको थप अनुसन्धान अगाडी बढाई कारवाही सुरु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक केदारमान दोङले जानकारी दिनुभयो ।