रेडियो उदयपुर, २०८२ भदौ ३१ गते, मंगलबार । त्रियुगा नगरपालिका–८ उत्राईटोलमा विद्युतको पोल ढल्दा करिब ८० घर प्रभावित भएका छन्। ढलेको पोलका कारण आवतजावतमा जोखिम बढ्नुका साथै विद्युत आपूर्ति समेत अवरुद्ध भएको स्थानीय बद्री सदाले बताएका छन् । उनका अनुसार पोलहरूबीचको दूरी टाढा–टाढा भएकाले तारहरू जमिनसम्म छुने अवस्था आएको छ, जसले करेन्ट लाग्ने उच्च जोखिम रहेको छ। शनिबार पानीसँगै आएको हावाले पोल बङ्गिएको थियो भने मंगलबार रातभर परेको वर्षाले पोल ढलेको हो। तत्काल नयाँ पोल गाडेर तार व्यवस्थित गरी विद्युत आपूर्ति सुरक्षित गर्नुपर्ने स्थानीयवासीहरूको माग रहेको छ। यस सम्बन्धमा प्राधिकरणको ध्यानाकर्षण गराइएको छ।