Monday, August 17, 2026
Homeप्रमुख समाचारककनी मोडल स्कुलको १४औं अभिभावक दिवस सम्पन्न,विद्यार्थीका सबै कागजातमा आमाको नाम अनिवार्य

ककनी मोडल स्कुलको १४औं अभिभावक दिवस सम्पन्न,विद्यार्थीका सबै कागजातमा आमाको नाम अनिवार्य

रेडियो उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–९ स्थित ककनी मोडल स्कुलको १४औं अभिभावक दिवस मंगलबार भव्य रूपमा सम्पन्न भएको छ।
दिवसको अवसरमा शैक्षिक सत्र २०८१ मा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थिया भने शैक्षिक सत्र २०८२ मा नया भर्ना भएका विद्यार्थीहरूलाई औपचारिक रूपमा स्वागत गरिएको छ ।
त्यस्तै स्कुलले लैंगिक समानता प्रवद्र्धन र मातृत्वको सम्मान गर्ने उद्देश्यले विद्यार्थीका सबै कागजातमा आमाको नाम अनिवार्य रूपमा उल्लेख गर्ने निर्णय गरेको छ।
विद्यालयका प्रधानाध्यापक केदार दनुवारका अनुसार, अबदेखि विद्यार्थीको ID कार्ड, प्रवेश विवरण, नतिजा र अन्य सबै कागजातहरूमा आमाको नाम अनिवार्य रूपमा समावेश गरिनेछ।
बिहान देखि बेलुका सम्म बालबच्चाको हेरबिचार र स्याहार गर्ने आमाहरुको नाम बच्चाको ID कार्ड र अन्य कागजातमा लेखिनु भनेको सुन्दा सानो कुरा भएपनि यो महिलाहरुको श्रम को मान्यता हो ।
विद्यालयका अनुसार, यस्तो अभ्यास लागू गर्ने ककनी मोडल स्कुल उदयपुर जिल्लाको पहिलो बोर्डिङ स्कुल हो। अघिल्लो वर्ष सम्पन्न अभिभावक भेलामा अभिभावक बन्दना दनुवारले राखेको सुझावलाई आत्मसात गर्दै विद्यालयले यो वर्षदेखि उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको हो।
विद्यालयको यो कदमलाई अभिभावक आमाहरूले खुलेर स्वागत गरेका छन् र स्कुलले देखाएको सम्मानप्रति आभार व्यक्त गरेका छन् ।
दिवसको अबसरमा विविध सांस्कृतिक नृत्य, गीत–संगीत र अतिरिक्त क्रियाकलापहरू समेत गरिएको थियो । अभिभावकहरूको मनोरञ्जनका लागि समेत विविध खेल प्रतियोगिताहरू आयोजना गरिएका थियो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको सक्रिय उपस्थिति रहेको थियो।
 

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular