Monday, July 27, 2026
Homeप्रमुख समाचारउदयपुर रौतामाई गाउपालीकाका एक जना हस्तिको कोरोनाको कारण मृत्यु 

उदयपुर रौतामाई गाउपालीकाका एक जना हस्तिको कोरोनाको कारण मृत्यु 

जेठ १७ गते, उदयपुर
नेपाल आदिवासी जनजाती महासंघ रौतमाई गाउपालीका समन्वय परिषदका अध्यक्ष तथा आप्रबासि कामदार हकहित संरक्षण समिती, उदयपुरका अध्यक्ष तुलबहादुर मश्राङ्गी मगरको कोरोनाको कारण मृत्यु भएको छ ।

निर्माण व्यावसायमा आवद्ध मगरको विराट नसिंङ्गहोममा उपचारको क्रममा जेठ १५ गते वेलुका ७ बजे मृत्यु भएको हो । मगर बैशाख २३ गते साथिको विवाहमा सामेल भएर घर फर्किए पश्चात २८ गतेदेखि ज्वरो आएको थियो ।

एकोहोरो ज्वरो आए पछि जिल्ला अस्पताल उदयपुरमा जेठ २ गते कोरोना परिक्षण गर्दा कोरोना पोजेटिभको रिपोर्ट आएको थियो । कोरोना पोजेटिभ देखिने वित्तीकै कोभिड आईुलेशन, मदनभण्डारी आखा अस्पतालमामा भर्ना गराएर उपचार सुरु गरिएको थियो ।

कोभिड आईसुलेशनमा राखेर उपचार गराएका मगरलाई एक्कासी ज्वरो आई स्वासप्रस्वासमा समस्या भएपछि थप उपचारको लागि गते विराटनगर लगिएको थियो ।

विराटनगको विराटन सिंङ्गहोममा भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा वहाको मृत्यु भएको हो । मगरको शव रौतामाई गाउपालीका ७ मुर्कुची ल्याएर शदगद गरिएको छ । वहाको मृत्युले रौतामाई गाउपालीकाको मगर समुदायमा ठुलो क्षति पुगेको छ ।

गाईघाट ११मा आफ्नै घरमा बस्दै आएको मगरको श्रीमती, एक छोरा र २ छोरी छन् । एक्कै घरका ३ जना दाज्भाईलाई कोरोना पोजेटिभ देखिएको थियो । वहाको कान्छा भाई सन्तोष मश्राङ्गी कोभिड आईसुलेशन गाईघाटबाट निको भएर घर फकिएएका छनु भने वहाको जेठो दाई पुष्कल मश्राङ्गी मगरको नोवेल हस्पिटल विराटनगरमा आईसियुमा राखेर उपचार भईरहेको छ ।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular