Sunday, July 26, 2026
Homeप्रमुख समाचाररेडियो पत्रकारिता तालिम सम्पन्न

रेडियो पत्रकारिता तालिम सम्पन्न

उदयपुर । नगर क्षेत्रका ग्रामिण बस्तिमा पत्रकार उत्पादन गर्ने उदेश्यले रेडियो उदयपुरले आयोजना गरेको पाँच दिने सामु्दायिक रेडियो पत्रकारिता तालिम बिहीबार सम्पन्न भएको छ ।

ग्रामिण भेगमा भएका लैगिंक विभेद्का मुद्दा, घटनाक्रम, विकास निर्माणका कामलाई कसरी सञ्चारमाध्यम सम्म पुर्याउने र जिम्वेवार निकायलाई जवाफदेही बनाउने भन्ने लक्ष्यकासाथ महिला शसिक्तकरण श्रोत केन्द्रको सहयोगमा तालिमको आयोजना गरिएको हो ।

नेपाल निजामती कर्मचारी संगठनको सभाहलमा आयोजित तालिममा नगर क्षेत्रका २३ जना युवाहरुको सहभागिता रहेको आयोजक रेडियो उदयपुरका स्टेशन मेनेजर बन्दना दनुवारले जानकारी दिईन् ।

तालिममा आधारभूत पत्रकारिता, रेडियो कार्यक्रम, लैगिंक समानता, मिडियामा कसरी महिलाका मुद्दालाई प्राथामिकता दिने, स्वयंमसेवक पत्रकारिता लगायतका बिषयमा जानकारी दिइएको थियो । आईतबारदेखि संञ्चालन भएको तालिममा नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्का, रेडियोका स्टेशन मेनेजर बन्दना दनुवार, ओरकका जिल्ला संयोजक सुनिता मैनालीले सहजिकरण गरेका थिए ।

तालिमको समापन शत्रमा बोल्दै प्रमुख अतिथि महासंघका अध्यक्ष खड्काले पत्रकारिता पेसामा चासो देखाउनुु हुने सबै प्रति धन्यवाद दिँदै तालिमलाई सक्दो व्यवहारमा उतार्न आग्रह गरे । विगत र अहिलेको पत्रकारिताको अनुुभव सुनाउँदै उनले पछिल्लो समय पत्रकारिता क्षेत्रमा आकर्षण बढ्दै गएको बताए ।

अध्यक्ष खड्काले पेसामा निरन्तर क्रियाशिल रहे पत्रकारिताबाट जीविकोपार्जन गर्न कुनै कठिनाई नभएको बताए । उनले पत्रकार समाजको ऐना भएकाले त्यो समाजलाई लक्षित गरी आफ्नो पेसालाई संरक्षण गर्नु पत्रकारको दायित्व भएको बताए ।

त्यसैगरी स्टेशन मेनेजर दनुवारले समाजमा ओझेलमा परेका र नसमेटिएका बिषयबस्तुलाई वाहिर ल्याउनु सामुदायिक रेडियोको मर्म भएकाले मर्मलाई केन्द्रभागमा राखेर काम गर्न आग्रह गरिन् । उनले सामुदायिक रेडियो आटँ र इच्छाशक्ति जोड्ने थलो भएकाले इच्छाशक्ति बोकेर आउनु हुने सबैलाई स्वागत गरिन् ।

महिला शसिक्तकरण श्रोत केन्द्रकी सचिव कमला खड्काले समाजमा रहेका विकृति, विसंगति, विभेद्का मुुद्दालाई प्राथमिकताका साथ सामुुदायिक रेडियोले उठाईरहेको हुँदा त्यहीँ स्प्रिटलाई कायम गर्ने गरी नँया साथीहरुलाई जिम्वेवारी वहन गर्न आग्रह गरिन् ।
उनले जात, धर्म, लिगंका आधारमा हुने विभेद्लाई अन्त्य गर्ने गरी कलम चलाउन सबैलाई आग्रह गरिन् । कार्यक्रमको सञ्चालन रेडियो उदयपुरका समाचार संयोजक दुुर्गानन्द चौधरीले –(डिएन) सञ्चालन गरेका थिए ।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular