उदयपुर २०८३ असोज २८ । उदयपुरमा पूजाका लागि विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ। त्रियुगा नगरपालिका–१२, पुरानो गाईघाटस्थित ज्योतिनगर टोलका ६५ वर्षीय बद्रीनारायण चौधरीको मङ्गलबार साँझ करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पु¥याइएको थियो। तर, अस्पताल पु¥याउनुअघि नै उहाँको मृत्यु भइसकेको अस्पतालले घोषणा गरेको थियो। प्रहरीका अनुसार चौधरीको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइएको छ।






