उदयपुर,२०८३ भदौ २२ गते।  उदयपुरमा थेरापी मेसिनबाट करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। उदयपुरको त्रियुगा नगरपालिका १२ जनप्रेमी टोलमा आफ्नै घरमा थेरापी गरिरहेका क्रममा ७४ वर्षीया रामकुमारी राईलाई थेरापी मेसिनबाट करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर बन्नु भएको राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आज (सोमबार) बिहान करिब ९ बजे घटना भएको हो। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी अधिकृतसहितको (SOCO) टोली घटनास्थल पुगेको थियो। प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी मृतक राईको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुरमा ल्याएर राखिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।