Monday, August 24, 2026
Homeप्रमुख समाचार१९९ केजी प्रतिबन्धित लागूऔषध गाँजासहित एक जना पक्राउ

१९९ केजी प्रतिबन्धित लागूऔषध गाँजासहित एक जना पक्राउ

उदयपुर, भदौ ८ गते । उदयपुरको कटारी नगरपालिका–४, मरुवा खोला क्षेत्रबाट १९९ केजी प्रतिबन्धित लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले गए राति करिब १ः४५ बजे बेतेनीबाट कटारीतर्फ आउँदै गरेको ना.७ ख ८१७३ नम्बरको टिपरलाई चेकजाँच गर्ने क्रममा बोरा भित्र लुकाएर राखिएको १९९ केजी गाँजा बरामद गरिएको प्रहरीले जनाएको हो । प्रहरीले टिपर चालक रुपन्देहीको देवदह नगरपालिका–७ स्थायी ठेगाना भई हाल कटारी नगरपालिका–४ बस्दै आएका २१ वर्षीय सोम मगरलाई टिपरसहित नियन्त्रणमा लिएको छ। पक्राउ परेका मगरमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular