उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका –१० करमगाछीस्थित गाईघाट–दिक्तेल सडकखण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकलचालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यलय उदयपुरको अनुसार प्रदेश ३–०२–०१४ प ०७७५ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्ने क्रममा साइकललाई ठक्कर दिँदा साइकलयात्री त्रियुगा नगरपालिका–१० निवासी ६० वर्षीय सन्तबहादुर राई गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर ल्याइएकोमा दिउँसो २ः३० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्। दुर्घटनामा मोटरसाइकल चालक सिराहा नरहा गाउँपालिका–३ घर भई हाल त्रियुगा नगरपालिका–१२ बस्ने १९ वर्षीय मोहमद सविर राईन पनि घाइते भएका छन्। उनको जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचारपछि थप उपचारका लागि न्युरो अस्पताल विराटनगर रिफर गरिएको प्रहरीले जनाएको छ।
मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु
RELATED ARTICLES


