Wednesday, August 12, 2026
Homeकोशी प्रदेशलागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध सप्ताहव्यापी कार्यक्रम सुरु

लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध सप्ताहव्यापी कार्यक्रम सुरु

उदयपुर, असार ६ । लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले उदयपुरमा सप्ताहव्यापी कार्यक्रम सुरु गरिएको छ। जिल्ला प्रशासन कार्यालय उदयपुरको आयोजनामा शनिबार गाईघाटस्थित पिपल चोकबाट सचेतनामूलक ¥यालीसहित ‘लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवस–२०२६’ अन्तर्गत सप्ताहव्यापी कार्यक्रमको शुभारम्भ गरिएको हो । “लागूऔषधको कुलत त्यागौँ, सभ्य समाज निर्माणको बाटो रोजौँ” भन्ने नारासहित सञ्चालन गरिएको कार्यक्रम असार ६ गतेदेखि १२ गतेसम्म विभिन्न जनचेतनामूलक गतिविधिमार्फत सञ्चालन हुने आयोजकले जनाएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुर, शिक्षा विकास तथा समन्वय इकाइ उदयपुर, त्रियुगा नगरपालिका, गैसस महासंघ उदयपुर, जिल्ला उद्योग वाणिज्य संघ उदयपुर, त्रियुगा उद्योग वाणिज्य संघ गाईघाट तथा युवा समूह–११ को समन्वय र सहकार्यमा आयोजित कार्यक्रममा उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले लागूऔषध दुव्र्यसन युवापुस्ताका लागि गम्भीर सामाजिक चुनौती बनेको बताउनुभयो। उहाँले यसको रोकथाम तथा नियन्त्रणका लागि परिवार, विद्यालय, समुदाय र राज्यका निकायबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा जिल्ला सुरक्षा समिति उदयपुरका पदाधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय तथा स्थानीय नागरिकहरुको सहभागिता रहेको थियो ।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular