Wednesday, August 12, 2026
Homeकोशी प्रदेशउदयपुरमा लागूऔषधविरुद्ध सप्ताहव्यापी सचेतना अभियान सुरु

उदयपुरमा लागूऔषधविरुद्ध सप्ताहव्यापी सचेतना अभियान सुरु

उदयपुर, असार ६ — लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस–२०२६ को अवसरमा उदयपुरमा सप्ताहव्यापी सचेतना अभियान सुरु गरिएको छ। जिल्ला प्रशासन कार्यालय उदयपुरको आयोजनामा शनिबार बिहान त्रियुगा नगरपालिका–११ स्थित पिपल चोकबाट सचेतना ¥यालीको शुभारम्भ गरिएको हो। असार ६ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आयोजित ¥यालीले त्रियुगा नगरपालिका–११ र १२ का विभिन्न क्षेत्रको परिक्रमा गरेको थियो। सचेतनामूलक नारासहित निकालिएको ¥याली पुनः पिपल चोकमै पुगेरे समापन भएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ। लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ। प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा जिल्ला सुरक्षा समिति उदयपुरका पदाधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय तथा स्थानीय नागरिकहरुको सहभागिता रहेको थियो ।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular