Wednesday, August 12, 2026
Homeप्रमुख समाचारदेवधार खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु

देवधार खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु

रेडियो उदयपुर, असार ४ गते । उदयपुरको चौदण्डीगढी नगरपालिका–१० स्थित देवधार खोलाको दहमा डुबेर एक बालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बुधबार दिउँसो करिब ४ः१० बजे चौदण्डीगढी नगरपालिका–९ देवधार निवासी बुधन सदाकी १४ वर्षीया छोरी आयुसा सदा साथीहरूसँग खोलामा पौडी खेल्ने क्रममा दहमा डुबेर बेपत्ता भएकी थिइन्। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरी र स्थानीयवासीको संयुक्त खोजतलासका क्रममा साँझ ७ः२० बजे सोही दहबाट आयुसालाई मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular