हिंसा प्रभावित महिला तथा किशोरीका लागि निःशुल्क सीपमूलक तालिम

0
13

उदयपुर,जेठ ५ गते । उदयपुर जिल्लामा हिंसा प्रभावित महिला तथा किशोरीहरूको दिगो जीविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यले महिला पुनस्र्थापना केन्द्र (ओरेक) उदयपुरले निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (CTEVT) अन्तर्गत सञ्चालन हुने तालिम छोटो अवधिको हुने जनाइएको छ । ओरेक उदयपुरका जिल्ला संयोजक बाला कार्कीका अनुसार तालिम हिंसा प्रभावित तथा आर्थिक अवस्था कमजोर महिला र किशोरीहरूलाई लक्षित गरी सञ्चालन गरिनेछ । तालिममा सहभागी हुन इच्छुक महिलाहरूले ओरेकको कार्यालय, त्रियुगा नगरपालिका–९ राजावासमा एक हप्ताभित्रमा आवेदन दिन सक्नेछन् । थप जानकारीका लागि ९८५२८३२५०४ नम्बरमा सम्पर्क गर्न सकिने संस्थाले जनाएको छ । आवेदन दिनका लागि सहभागीले SEE उत्तीर्ण गरेको, २० वर्ष उमेर पूरा गरेको तथा नेपाली नागरिकता प्राप्त गरेको हुनुपर्नेछ । साथै स्थानीय वडा तथा नगरपालिकाबाट कम्तीमा ३ वर्ष कृषि पेशामा आबद्ध रहेको सिफारिस पत्र अनिवार्य गरिएको छ । सस्थाका अनुसार तालिमले हिंसा प्रभावित महिला तथा किशोरीहरूको सीप विकाससँगै आत्मनिर्भर बन्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । संयोजक कार्कीका अनुसार सस्थाले उदयपुर जिल्लामा हिंसा प्रभावित महिला तथा किशोरीहरूको दिगो जीविकोपार्जनका लागि सामुदायिक कृषि सहायक तथा सामुदायिक पशुपालन सहायक सम्बन्धी सीपमूलक तालिमहरू सञ्चालन गर्दै आइरहेको छ ।