उदयपुर, २०८३ वैशाख २६ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ९ राजाबासमा ६२ वर्षीय चुडा बहादुर खड्काको चट्याङ लागेर मृत्यु भएको छ । शुक्रबार साँझ वर्षासँगै परेको चट्याङका कारण उनको मृत्यु भएको प्रहरीले जनाएको छ । परिवारका अनुसार होटलबाट घर फर्किने क्रममा अबेरसम्म सम्पर्कमा नआएपछि आफन्तले खोजतलास गरेका थिए । खोजी गर्ने क्रममा उनलाई घरदेखि करिब ७०० मिटर उत्तरतर्फ रहेको भित्री गोरेटो बाटोमा मृत अवस्थामा फेला पारिएको हो । घटनास्थलमा प्रहरी टोली खटिई आवश्यक कानुनी प्रक्रिया पूरा गरि शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर ल्याइएको र पोस्टमार्टमपछि आफन्तलाई बुझाई अन्त्येष्टि गरिएको प्रहरीले जनाएको छ ।





