युवाको नेतृत्व विकासमा जोड दिँदै उदयपुरमा पब्लिक स्पिकिङ तालिम

0
3

उदयपुर,२०८३ बैशाख १९ गते शनिबार । उदयपुर जेसीजको आयोजना तथा त्रियुगा उद्योग बाणिज्य सङघको सहकार्यमा एक दिने effective public speaking Treaning सपन्न भएको छ । त्रियुगा उद्योग बाणिज्य सङघको सभाहलमा सम्पन्न तालिम नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष देबु बानियाँले प्रशिक्षण दिनु भएको थियो । तालिमको विश्व बिद्यालय मानिएको जेसीजका युवाहरुलाइ तालिमद्वारा नेतृत्व र ब्यक्तित्व बिकास गर्ने उदेश्यले तालिमको आयोजना गरिएको उदयपुर जेसीज २०२६ का अध्यक्ष ब्रहमदेब महतोले बताउनु भयो । तालिममा ४१ जनाको सहभागिता रहेको थियो । अध्यक्ष ब्रहमदेब महतोको अध्यक्षतामा तथा त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष नवीन बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त तालिममा जेसीजका पूर्व अध्यक्षहरू शर्मिला थापा, ताराबहादुर खड्का, रुपम अनुराग गुप्तालगायतको सहभागिता रहेको थियो। कार्यक्रममा उपाध्यक्ष रञ्जना कार्कीले आस्थापाठ गर्नुभएको थियो भने कार्यकारिणी उपाध्यक्ष यादब कार्कीले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको सञ्चालन महासचिव नवीन महतोले गर्नुभएको थियो।