उदयपुर, २०८३ बैशाख १७ गते बिहिबार । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले विभिन्न मुद्दामा फरार रहेका २१ जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूलाई फैसला कार्यान्वयनका लागि उदयपुर जिल्ला अदालत मा पठाइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार पक्राउ परेकामध्ये गाली बेइज्जती मुद्दाका ८ जना, कुटपिट मुद्दाका ६ जना, जालसाजी मुद्दाका ३ जना, अभद्र व्यवहार मुद्दाका २ जना, नाता कायम मुद्दाका १ जना र करकाप कागज मुद्दाका १ जना रहेका छन्। सबैलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।





